विश्व योग दिवस मनाइने

२०७३ असार ३ गते, शुक्रबार

काठमाडौं, असार ३ । नेपाल योग एसोसिएसन यही जुन २१ तारिखका दिन नेपालमा पनि विश्व योग दिवस मनाइने बताएको छ । संयुक्त राष्ट्रसंघले गत वर्षदेखि जुन २१ लाई विश्व योग दिवस मनाउन सुरुआत गरेको हो । नेपाल योग एसोसिएसनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाललाई विश्वसामु अध्यात्म र योग भूमिकोरुपमा चिनाउने अभियानअन्तर्गत् विश्व योग दिवसका दिन दरबारमार्गमा विशेष योग कार्यक्रम आयोजना गरिने जनाएको छ । नेपाल जस्तो धार्मिक र सांस्कृतिक विविधता भएको मुलुकमा योगले मानवजीवनमा सकारात्मक परिवर्तन ल्याउन सकने पनि एसोसिएसनका अध्यक्ष मोहन लम्सालले बताए । कार्यक्रममा योग, स्वास्थ्य र पर्यटनलाई कसरी एक–अर्कामा अन्र्तनिहीत गराउन सकिन्छ भन्ने विषयमा विज्ञहरुले कार्यपत्रसमेत प्रस्तुत् गर्ने जनाइएको छ ।

प्रतिक्रियाहरु