स्वास्थ्य / शिक्षा

लमजुङ क्याम्पसका विद्यार्थीबीच झडप

काठमाडौं, १६ फागुन । सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थीबीच सोमबार बिहान झडप भएको छ ।क्याम्पसमा अध्ययनरत नेविसङ्घ र अखिल समर्थित विद्यार्थीबीच आसन्न स्ववियु निर्वाचनका क्रममा झडप भएको हो । झडपमा प्रहरीसहित चार जना नेविसङ्घ समर्थित विद्यार्थी घाइते भएका छन् । झडप नियन्त्रण गर्ने क्रममा सुन्दरबजार इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी […]

२०७३ फाल्गुन १६ गते, सोमबार

स्वास्थ्यमन्त्री थापाद्वारा शरीरका अंग दान

काठमाडौं, १६ फागुन । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सातवटा अंग दान गरेका छन् । उनले मृत्युपश्चात् मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत दान गर्ने मञ्जुरी दिएका हुन् । स्वास्थ्य सेवा दिवसको अवसरमा आइतबार मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले मृत्युपश्चात् अंग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन् । केन्द्रका […]

२०७३ फाल्गुन १६ गते, सोमबार

स्ववियु निर्वाचनका लागि उमेदवारी दर्ता हुदै

काठमाडौ , १४ फागुन । आजवाट स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुदैछ । आगामी फागुन १८ गतेका लागि तय भएको स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्य भै रहेको छ । आज बिहान १० देखि स्ववियु निर्वाचन हुने काठमाडौं उपत्यका सहित देशभरका त्रिवि आङिगक क्याम्पसहरुमा उम्मेदवारी दर्ता सुरु भएको छ । निर्वाचन कार्यतालिका […]

२०७३ फाल्गुन १४ गते, शनिबार

शिक्षकको उत्तरपुस्तिका बहुपरीक्षकद्वारा परीक्षण

काठमाडौँ, १४ फागुन । शिक्षकहरूको लिखित परीक्षाको उत्तरपुस्तिका बहुपरीक्षकबाट परीक्षण गराउन सुरु गरिएको छ । शिक्षक सेवा आयोगले परीक्षण प्रणालीलाई विश्वसनीय र भरपर्दाे बनाउन बहुपरीक्षकबाट परीक्षण थालेको हो । आयोगले हाललाई लिखित परीक्षामा एक हजारभन्दा कम उम्मेदवार भएका विषयको उत्तरपुस्तिका मात्र बहुपरीक्षकबाट परीक्षण गराएको छ । आयोगले निम्न माध्यमिक प्रथम र माध्यमिक प्रथम श्रेणीको आन्तरिक […]

२०७३ फाल्गुन १४ गते, शनिबार

खेतीमा विषादी प्रयोग , क्यान्सरको खतरा

काठमाडौ , १३ फागुन । विषादी प्रयोग गरेको तरकारी तथा फलफूल सेवनले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुने गरेको अध्ययनले देखाएको छ । नेपालमा पछिल्लो समयमा बढ्दै गएको विषादीको प्रयोगले गर्भवती महिला र नवजात शिशुमा नै क्यान्सर देखिएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले जानकारी गराए । महिलालाई क्यान्सर हुने, गर्भपतन हुनसक्ने, बच्चा अपाङ्ग हुने, […]

२०७३ फाल्गुन १३ गते, शुक्रबार

स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार हुने

काठमाडौं, १२ फागुन । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउन लागेको छ । अति महत्वकांक्षी योजनाकारुपमा मन्त्रालयले यसका लागि आगामी बजेटमा रकम नै विनियोजन गर्न लागेको मन्त्रालयले जनाएको छ । हाल स्वास्थ्य मन्त्रालयले क्यान्सर रोगीका लागि आर्थिक सहयोगस्वरुप रु एक लाख प्रदान गर्ने […]

२०७३ फाल्गुन १२ गते, बिहीबार

महेन्द्र रत्न क्याम्पस इलाममा अखिल क्रान्तिकारी इकाई समिति गठन

काठमाडौ , ११ फागुन । महेन्द्र रत्न बहुमुखी क्याम्पस,ईलाममा प्रविन याक्खाको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)को २९सदस्य निर्माण भएको छ । आसन्न स्वतन्त्र विद्यर्थी युनियनको निर्वाचनका निम्ति अखिल(क्रान्तिकारी)को संगठन पनि दर्ता गरिएको अखिल(क्रान्तिकारी) ईलाम जिल्ला संयोजक सन्दिप पुरीले बताए ।

२०७३ फाल्गुन १२ गते, बिहीबार

पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी

काठमाडौं, ११ फागुन । नेपाल पत्रकार महासंघका पाँचथर सभापति लवदेब ढुंगाना र इलामका सदस्य प्रेम अधिकारीले आज विहान देखि पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी आमरण अनशनमा बसेका छन । महासंघले विधि, विधान र प्रक्रिया विपरित राजनीतिक भागबन्डाका आधारमा सदस्यता वितरण तत्काल रोक्न माग गर्दै उनीहरुले आमरण अनशन सुरु गरेका हुन् । पछिल्ला दिनहरुमा पत्रकार […]

२०७३ फाल्गुन ११ गते, बुधबार

विजयपुर अस्पतालमा तोडफोड

काठमाडौ , १० फागुन । धरानको विजयपुर अस्पतालमा तोडफोड भएको छ । चिकित्सकको लापरबाहीले एपेन्डिसाइटिसको बिरामीको मृत्यु भएको भन्दै आक्रोसित आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । पेट दुखेपछि धरान–१७ रेल्वेबाट आफैं मोटरसाइकल चलाएर उपचारका लागि आएका ३० वर्षीय अमित जोशीको शल्यक्रियापछि आज बिहान २ बजे मृत्यु भएको थियो । बिरामीको मृत्युपछि आफन्तले विजयपुर अस्पताल तोडफोड […]

२०७३ फाल्गुन १० गते, मंगलवार

प्याब्सनको महाधिवेशन फागुन ९ देखि

काठमाडौँ, ७ फागुन । संस्थागत विद्यालयका सञ्चालकको छाता सङ्गठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १३औँ राष्ट्रिय महाधिवेशन फागुन ९ र १० गते राजधानीमा आयोजना हुने भएको छ । महाधिवेशनले ६८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । विगतमा तीन वर्षको कार्यकाल हुने गरेकामा अब दुई वर्षको बनाइएको छ । यस पटकबाट प्रादेशिक कमिटीसमेत गठन […]

२०७३ फाल्गुन ७ गते, शनिबार