लमजुङ क्याम्पसका विद्यार्थीबीच झडप

२०७३ फाल्गुन १६ गते, सोमबार

काठमाडौं, १६ फागुन । सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थीबीच सोमबार बिहान झडप भएको छ ।क्याम्पसमा अध्ययनरत नेविसङ्घ र अखिल समर्थित विद्यार्थीबीच आसन्न स्ववियु निर्वाचनका क्रममा झडप भएको हो । झडपमा प्रहरीसहित चार जना नेविसङ्घ समर्थित विद्यार्थी घाइते भएका छन् । झडप नियन्त्रण गर्ने क्रममा सुन्दरबजार इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक होमनाथ अधिकारी पनि घाइते भएका छन् । घाइते हुनेमा नेविसङ्घ समर्थित तीनजना छात्र रहेका छन् । घाइतेमध्ये छात्र दीपेन्द्र रेग्मीलाई गम्भीर चोट लागेको बताइएको छ । झडपका क्रममा क्याम्पस प्रमुख लालप्रसाद अमगाईंलाई पनि सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
स्ववियु निर्वाचनका सिलसिलामा असन्तुष्टि जनाउँदै एमाले निकट अखिल विद्यार्थीले क्याम्पसमा आइतवार ताला लगाएका थिए । ताला खोल्नको लागि सोमबार बिहानै वार्ताको क्रममा झडप भएको क्याम्पस प्रशासनले जनाएको छ । झडप भएपछि बेसीसहरबाट थप प्रहरी टोली घटनास्थल पठाएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

स्कुल बसमा आगजनी !

२०८१ बैशाख ३० गते, आईतवार

सबै शिक्षकका काज फिर्ता !

२०८१ बैशाख २६ गते, बुधबार