प्याब्सनको महाधिवेशन फागुन ९ देखि

२०७३ फाल्गुन ७ गते, शनिबार

काठमाडौँ, ७ फागुन । संस्थागत विद्यालयका सञ्चालकको छाता सङ्गठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १३औँ राष्ट्रिय महाधिवेशन फागुन ९ र १० गते राजधानीमा आयोजना हुने भएको छ । महाधिवेशनले ६८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । विगतमा तीन वर्षको कार्यकाल हुने गरेकामा अब दुई वर्षको बनाइएको छ । यस पटकबाट प्रादेशिक कमिटीसमेत गठन गरिएको छ । काठमाडौँ उपत्यका तथा काभ्रे गरी आठ प्रादेशिक संरचनाअनुरूप निर्वाचन हुने भएको छ ।
महाधिवेशनका लागि ७३ जिल्लाबाट एक हजार ८५० प्रतिनिधि तथा १८० पर्यवेक्षक सम्मिलित हुनेभएका छन् । २८ जना महाधिवेशन प्रतिनिधि प्याब्सनको पूर्ण बैठकले चयन गर्नेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

स्कुल बसमा आगजनी !

२०८१ बैशाख ३० गते, आईतवार

सबै शिक्षकका काज फिर्ता !

२०८१ बैशाख २६ गते, बुधबार