अर्थ

बैंकले घरजग्गा कारोबारमा ऋण दिन छाडे

काठमाडौँ, पुस १२ गते । बैंकहरूले घरजग्गा कारोबार (रियल इस्टेट)मा ऋण दिन बन्द गरेका छन् । वित्तीय प्रणालीमा तरलता संकट बढ्दै जाँदा रियल इस्टेट र सेयरको धितोमा दिने मार्जिन प्रकृतिका कर्जा प्रवाहमा रोक लगाउन थालेको बैंकरहरूले बताए । ‘सेयर धितोमा कर्जा दिन त केही साताअघिदेखि नै बन्द भइसकेको छ,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत […]

२०७३ पुष १२ गते, मंगलवार

बस जलेको अवस्थामा फेलापर्‍यो

काठमाडौं, ११ पुस । कोहलपुर नगरपालिकादेखि तीन किलोमिटर पूर्व रोहिणी खोलानजिकै एउटा यात्रीबाहक बस जलेको अवस्थामा फेलापरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् बाँकेको रोहिणी खोलानजिकै ना५ख ३३२९ नम्बरको बस जलेर नस्ट भएको अवस्थामा सोमबार बिहान फेलापरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । आगोलागी भएको बसमा बसचालक र यात्री कोही पनि नभएकाले बसमा आगोलागी भएको हो […]

२०७३ पुष ११ गते, सोमबार

भोजपुरमा अनिश्चितकालिन यातायात बन्द

काठमाडौँ , ११ पुस । यात्रुबाहक बसका सञ्चालकलाई कुटपिट गरेको आरोप लगाउदैं सोमबारबाट भोजपुरमा अनिश्चितकालीन यातायात बन्द गरिएको छ । संयुक्त बस व्यवसायी संघ भोजपुर, सगरमाथा ट्याक्सी व्यवसायी संघ, ट्र्याक्टर संघ, नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर सङ्गठनलगायतले प्रेस विज्ञप्ति जारी गर्दै बन्द गरेका हुन् । शनिबार धरानबाट भोजपुर आउँदै गरेको ना ४ […]

२०७३ पुष ११ गते, सोमबार

आगलागीबाट सवा १४ करोड क्षति

काठमाडौं, १० पुस । प्रहरीले एक साता लगाएर गरेको मुचुल्का अनुसार तेह्रथुमको सक्रान्तिबजारमा आगलागीबाट घर र धनमाल गरी १४ करोड ८ लाख रुपैयाँको क्षति भएको छ । आगलागीबाट घर, किराना, फेन्सी, कपडा पसल, सघसंस्थाका कार्यालय, होटल, ग्यारेज र सुनचाँदी पसल जल्दा यो क्षति भएको तेह्रथुमका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए । पीडितहरुलाई निजी क्षेत्रबाट […]

२०७३ पुष १० गते, आईतवार

‘कान्तिपुरले बदमासी गर्यो’

काठमाडौं, ९ पुस । न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले कान्तिपुर पब्लिकेशनले न्युनतम पारिश्रमिक पूर्ण रुपमा लागु भएको भनी समितिलाई ढाटेर बदमासी गरेको आरोप लगाएका छन् । न्युनतम पारिश्रमिक समितिलाई कान्तिपुरको व्यवस्थापनले न्युनतम पारिश्रमिक सम्पूर्ण रुपले लागु भइसकेको भनेर जानकारी दिएपनि मजदुर र कर्मचारीहरुले आन्दोलन घोषणा गरेको देख्दा आफू छक्क परेको केसीले बताए । […]

२०७३ पुष १० गते, आईतवार

कर्मचारीकै मिलेमतोमा तस्करी !

काठमाडौँ, ९ पुस । वीरगन्ज भन्सार कार्यालयका कर्मचारीकै मिलेमतोमा मूख्य नाकाबाटै तस्करी भइरहेको खुलासा भएको छ । वीरगन्ज भन्सार कार्यालयबाट गेटपास नै नभएको कपडा बोकेकोे ना २ ख ९३५३ नम्बरको ट्रकलाई शुक्रबार अपराह्न जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएपछि भन्सार कर्मचारीकै मिलोमतोमा मूख्य नाकाबाट तस्करी भएको खुलेको हो । राजश्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको ट्रकबाट […]

२०७३ पुष ९ गते, शनिबार

बन्ने भयो नागढुङ्गा सुरुङमार्ग

काठमाडौं, ७ मंसिर । नागढुङ्गा सुरुङमार्ग निर्माण परियोजना कार्यान्वयनका लागि नेपाललाई १५ अर्ब ४० करोड ५० लाख रुपैयाँ ऋण (१६.६३ विलियन जापानी येन) सहायता उपलब्ध गराउन जापान सहमत भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको उपस्थितिमा आज अर्थ मन्त्रालयमा सम्पन्न सम्झौतामा ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि […]

२०७३ पुष ७ गते, बिहीबार

पत्रकारलाई उपचार खर्चमा पचास प्रतिशत छुट दिनेगरी कार्यविधि तयार गरिदै

काठमाडौँ,७ पुस । सूचना तथा सञ्चार मन्त्रालयले सञ्चार सङ्ग्रहालय तथा आमसञ्चार अध्ययन प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०७३ तर्जुमा गरिएको जनाएको छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको हालै आयोजित बैठकमा मन्त्रालयका नीति योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका प्रमुख एवम् उपसचिव रुद्रादेवी शर्माले चालु आर्थिक वर्षको प्रथम चौमासिक विवरण प्रस्तुत गर्दै मन्त्रिपरिषद्बाट अनलाइन सञ्चारमाध्यम सञ्चालन […]

२०७३ पुष ७ गते, बिहीबार

माथिल्लो तामाकोसीबाट डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य

काठमाडौं, ६ पुस । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ द्रुतगतिमा काम भइरहेको छ । गत वर्षको भूकम्पबाट क्षतविक्षत भएको पहुँचमार्ग परिवर्तन गरी सुरुङ खनेर बाँधस्थलसम्म पुग्ने बाटो गत मंसिर १६ गते सम्पन्न भएपछि २०७५ असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाले तीव्रगतिमा काम अगाडि बढाएको […]

२०७३ पुष ६ गते, बुधबार

सिजीका मजदुरद्धारा अन्तर्राष्टिय श्रम संगठनको ध्यानाकर्षण

काठमाडौं, ६ पुस । वर्ष दिनदेखि रोकिएको तलब उपलब्ध गराउन र व्यवस्थापन आफैले बन्द गरेको कम्पनी सूचारु गर्नुपर्नेलगायतका १३ बुँदे माग राखी आन्दोलनरत चौधरी गु्रपका मजदुरहरुले अन्तर्राष्टिय श्रम संगठनको ध्यानाकर्षण गराएका छन् । सिजी कम्युनिकेशन प्रा.लिमा कार्यरत पाँच दर्जनभन्दा कर्मचारीलाई कामबाट बदखल बनाएको भन्दै विगत २ महिनादेखि आन्दोलन जारी छ । पछिल्लो समयमा व्यवस्थापनले मुद्धा […]

२०७३ पुष ६ गते, बुधबार