कला तथा साहित्य

नोबेल साहित्य पुरस्कार नाटककार जोन फोसेलाई

काठमाडौँ । यस वर्षको नोबेल साहित्यतर्फको पुरस्कार जोन फोसेले प्राप्त गरेका छन् । नाटक र गद्य लेखनका लागि नोबेल पुरस्कार समितिले लेखक फोसेलाई नोबेल साहित्यतर्फको पुरस्कार दिने घोषणा गरेको हो।फोसे सन् १९५९ मा नर्वेमा जन्मिएका हुन् । उनको निनोर्स्कमा लेखिएको नाटक, उपन्यास, कविता संग्रह, निबन्ध, बालबालिकाका पुस्तकहरू र अनुवादहरू समावेश छन्। उनी संसारमा सबैभन्दा धेरै […]

२०८० आश्विन १९ गते, शुक्रबार

अश्लील र अमर्यादित प्रस्तुति रोक्न आग्रह

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले दोहोरी साँझ, चाडपर्व उत्सव र टिकटकलगायतका सामाजिक सञ्जालमा हुने अश्लील तथा अमर्यादित प्रस्तुति रोक्न आग्रह गरेको छ । प्रतिष्ठानकि अध्यक्ष रिता थापामगर र कार्यवाहक महासचिव शिरीष देवकोटाले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेकी हुन् । अध्यक्ष उनीहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यस्तो अमर्यादित र अभद्र कार्यले समग्र […]

२०८० आश्विन १८ गते, बिहीबार

स्वरसम्राट नारायणगोपालको ८४ औं जन्मजयन्ती मनाइदैं

काठमाडौँ । आज ‘स्वरसम्राट’ नारायणगोपाल गुरूवाचार्यको ८४ औं जन्मजयन्ती । नेपाली सांगीतिक क्षेत्रमा उनले पु¥याएको योगदानको सम्मान गर्दै हरेक वर्ष उनको सम्झनामा जन्मजयन्ती मनाउने गरिन्छ ।नारायण गोपाल बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको सन्तानका रूपमा विक्रम संवत १९९६ असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका हुन् । उनले पहिलोपटक २०१७ सालमा रेडियो नेपालमा गीत रेकर्ड […]

२०८० आश्विन १८ गते, बिहीबार

एमसीसी विरुद्ध जनसंगीत अभियान

काठमाडौँ । सामना साँस्कृतिक परिवारले प्यूठानमा एमसीसी विरुद्ध सामना जनसंगित अभियान सन्चालन गर्ने भएको छ । अभियानको लागि अखिल नेपाल जनसाँस्कृतिक महासंघ अन्तरगत व्यूरो सामना साँस्कृतिक परिवार बिहीबार प्यूठान आइपुगेको छ ।प्यूठान नगरपालिका नयाँ बजार जुमृ आइपुगेको सामना परिवारलाई नेपाल कम्यूनिष्ट पार्टी प्यूठानले जुमृमा फुलमालासहित स्वागत गरेको छ ।राष्ट्रघाती सम्झौता एमसीसी विरुद्ध प्यूठानमा जनलहर पैदा […]

२०८० आश्विन १२ गते, शुक्रबार

साझा प्रकाशनद्वारा पुस्तक प्रदर्शनी: २० देखि ८० प्रतिशतसम्म छुट

काठमाडौँ । साझा प्रकाशनले आयोजना गरेको पुस्तक प्रदर्शनी २०८० मा पाठक वर्गले उल्लेख्य उपस्थिति जनाएका छन् । असोज ७ गतेदेखि ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको प्राङ्गणमा शुरु भएको प्रदर्शनीमा पाठकहरु तानिएका हुन् । साझा प्रकाशनले पाठकका लागि प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्मको छुट दिएको छ । ७ गतेदेखि आजसम्म पाठकहरु उल्लेख्य उपस्थित भएको र अझै २२ […]

२०८० आश्विन ११ गते, बिहीबार

भरत सीको ‘राज्यसत्तामा कम्युनिष्ट क्रान्ति र भ्रान्ति’ पुस्तक सार्वजनिक

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा कम्युनिष्ट आन्दोलनका क्रान्तिकारी योद्धा भरत सीद्वारा लिखित नेपालको कम्युनिष्ट आन्दोलन र त्यसका सकरात्मक तथा नकरात्मक कामकाबारे गहिरो अध्ययन गरी विश्लेषण गरिएको पुस्तक “राज्यसत्तामा कम्युनिष्ट क्रान्ति र भ्रान्ति” बजारमा आएको छ । पुस्तकमा खण्ड एक र खण्ड दुई छन् भने त्यसमा समय सान्दर्भिक तथा अति महत्वका लेखहरु समावेश […]

२०८० आश्विन १ गते, सोमबार

आज १५८ औं मोती जयन्ती

काठमाडौँ । आज मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती , नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपालमा पत्रकारिता सुरुआतका साथै नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका थिए।नेपाली साहित्यको शृङ्गार रसलाई योगदान […]

२०८० भाद्र २८ गते, बिहीबार

महासचिव विप्लव सीको ‘जनताको काखैमा’ सार्वजनिक (भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा वरिष्ठ गीतकार विप्लव सीद्धारा लिखित गीत ’जनताको काखैमा’ चिरन पुन अफिसियल यु ट्युव च्यानलबाट २०८० भदौ २३ साँझ ५ बजे सार्वजनिक भएको छ । राजनीतिक कार्यसँगै विप्लव सी गीत लेखनमा पनि उक्तिकै सक्रिय र अब्वल छन् । यसभन्दा गघिपनि विप्लव सीका ’कस्ले बनायो दाजै उडिजाने बस’, ’सपनाका याात्रीहरु […]

२०८० भाद्र २४ गते, आईतवार

सन्दर्भ: ‘अवस्था होइन, व्यवस्था बदलौँ’ र ‘हेपिएका चेली’ का कुरा

प्रारम्भ :करिब २ हप्ताको बिचमा मेरो शब्द र सङ्गीत रहेको दुईओटा गीत ‘अवस्था होइन, व्यवस्था बदलौँ’ र ‘हेपिएका चेली’ चिरन पुनको अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक भएको छ । यी दुवै प्रगतिशील अथवा हाम्रो भाषामा जनवादी गीतहरू हुन् । प्रगतिशील अथवा जनवादी गीतको कुरा गर्दा धेरै मानिसहरूलाई पार्टीको गीत वा राजनीतिको गीत भन्ने बुझाइ रहेको छ, […]

२०८० भाद्र २० गते, बुधबार

माइला लामाको ‘गो ब्याक अमेरिका, गो ब्याक एमसीसी’ सार्वजनिक(भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य तथा जनसांस्कृतिक महासंघका इन्चार्ज माइला लामाको एमसीसी विरुद्धको गीत सार्वजनिक भएको छ । ‘गो ब्याक अमेरिका, गो ब्याक एमसीसी’ शिर्षकको गीत माइला लामा युट्यु च्यानलबाट सार्वजनिक भएको हो ।अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा जबरजस्ती लागु गर्न खोजेपछि यसको व्यापक विरोध भइरहेको छ । यसकै विरोध स्वरुप माइला […]

२०८० भाद्र २० गते, बुधबार