अश्लील र अमर्यादित प्रस्तुति रोक्न आग्रह

२०८० आश्विन १८ गते, बिहीबार


काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले दोहोरी साँझ, चाडपर्व उत्सव र टिकटकलगायतका सामाजिक सञ्जालमा हुने अश्लील तथा अमर्यादित प्रस्तुति रोक्न आग्रह गरेको छ । प्रतिष्ठानकि अध्यक्ष रिता थापामगर र कार्यवाहक महासचिव शिरीष देवकोटाले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेकी हुन् । अध्यक्ष उनीहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यस्तो अमर्यादित र अभद्र कार्यले समग्र नेपाली लोकदोहोरी क्षेत्रसँग सम्बन्धित कलाकार, सर्जक र शुभेच्छुकलाई आग्रह गर्छौं। ’
उनीहरुले यस्तो कार्यले नेपाली कला र संस्कृतिप्रेमीलाई गहिरो आघात पुर्‍याएको उल्लेख गरेका छन । नेपाली मौलिक कला, संस्कृति, परम्परा र संस्कारको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउँदै उनले नेपाली लोक तथा दोहोरी गीतको अवाञ्छनीय प्रयोग गरी अश्लील तथा अमर्यादित ढंगबाट प्रस्तुति नगर्न समेत आग्रह गरेकी छन् ।
यस बिषयमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकि अध्यक्ष रिता थापामगर र कार्यवाहक महासचिव शिरीष देवकोटाले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘नेपाल बहुलजाति, बहुभाषि, बहुधार्मिक तथा विविध संस्कृतिले भरिपूर्ण सुन्दर र मनमोहक देश हो ।
मौलिक कला, संस्कृति, पुरातत्व, पर्यटन, गीत, सङ्गीत, भाषा, धर्म, जातजाति, भेषभूषा, खाना, भूगोल आदिको विविधताले फूलबारीका रुपमा सुगन्धित छ नेपाल । कलापूर्ण नेपालका सयौँ कलापूर्ण रूपहरू मध्ये लोकगीत तथा लोकदोहोरी विशिष्ट र मौलिक कला हो ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल नेपाली मौलिक लोक तथा दोहोरीगीत संगीत क्षेत्रको श्रीवृद्धि र उन्नयनमा अथक र अनवरत रुपमा लागिरहेको जिम्मेवार संस्था हुनुले यस क्षेत्र सम्पूर्णरुपमा विकृति र विसङ्गात रहित हुनुपर्नेमा दृढ सर्काल्पत छ । पछिल्लो केही दिन यता दोहोरी साँझ, विभिन्न चाडबाडका उत्सव समारोह तथा टिकटक लगायतका सामाजिक सञ्जालहरुमा नेपाली लोक तथा दोहोरीगीत प्रयोग गरि प्रस्तुत गरिएको भद्दा एवम्‌ उश्रृंखल नृत्य एवम्‌ दृश्यप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। यस्ता अमर्यादित र अभद्र कार्यले समग्र नेपाली लोकदोहोरी क्षेत्रसंग सम्बन्धित कलाकार, सर्जक, शुभेच्छुक, शुर्भाचन्तक तथा सम्पूर्ण नेपाली कला एवम्‌ संस्कृतिप्रेमीहरुलाई गहिरो आघात पुग्याएको छ।
नेपाली मौलिक कला, संस्कृति, परम्परा एवम्‌ संस्कारको संरक्षण गर्नु तपाईं हामी सबैको समान दायित्व हो । तसर्थ आगामी दिनहरुमा नेपाली लोक तथा दोहोरीगीतको अवाञ्छनिय प्रयोग गरि अश्लील तथा अमर्यादित ढंगबाट प्रस्तुतिहरु प्रस्तुत नगरिदिनुहुन सबैमा सविनय अनुरोध गर्दछौं ।’

प्रतिक्रियाहरु