माइला लामाको ‘गो ब्याक अमेरिका, गो ब्याक एमसीसी’ सार्वजनिक(भिडियोसहित )

२०८० भाद्र २० गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य तथा जनसांस्कृतिक महासंघका इन्चार्ज माइला लामाको एमसीसी विरुद्धको गीत सार्वजनिक भएको छ । ‘गो ब्याक अमेरिका, गो ब्याक एमसीसी’ शिर्षकको गीत माइला लामा युट्यु च्यानलबाट सार्वजनिक भएको हो ।
अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा जबरजस्ती लागु गर्न खोजेपछि यसको व्यापक विरोध भइरहेको छ । यसकै विरोध स्वरुप माइला सीले एमसीसी विरुद्धको गीत सार्वजनिक गरेका हुन् ।
गीतमा ‘जहाँ पुग्छ अमेरिका त्यहाँ हाहाकार, चल्न थाल्छ गोला बारुद हुन्छ मारामार’ लगायतका शब्दहरु रहेका छन् । अमेरिका विभिन्न देशहरुमा गएर तहसनहस पारेको र नेपालमा पनि अशान्ति फैल्याउन एमसीसीको सहारामा नेपाल प्रवेश गरेको गीतको भाव छ ।
गीतमा माइलाको शव्द र संगित रहेको गीतमा रमन थामी, निर्मला घिसिङ, दिपेश लामा, शारदा लिम्बुको स्वर रहेको छ । गीतको संगित संयोजन बिहानी विकले गरेका छन् । क्रान्तिकारी सर्जक माइलाका थुप्रेै क्रान्तिकारी गीतहरुमा शब्द संगित र स्वर दिएका छन् ।- शोभराज बराल

प्रतिक्रियाहरु