नोबेल साहित्य पुरस्कार नाटककार जोन फोसेलाई

२०८० आश्विन १९ गते, शुक्रबार


काठमाडौँ । यस वर्षको नोबेल साहित्यतर्फको पुरस्कार जोन फोसेले प्राप्त गरेका छन् । नाटक र गद्य लेखनका लागि नोबेल पुरस्कार समितिले लेखक फोसेलाई नोबेल साहित्यतर्फको पुरस्कार दिने घोषणा गरेको हो।
फोसे सन् १९५९ मा नर्वेमा जन्मिएका हुन् । उनको निनोर्स्कमा लेखिएको नाटक, उपन्यास, कविता संग्रह, निबन्ध, बालबालिकाका पुस्तकहरू र अनुवादहरू समावेश छन्। उनी संसारमा सबैभन्दा धेरै नाटक प्रदर्शन गरिएका नाटककारमध्‍ये एक हुन् । उनले आफ्नो गद्यका लागि बढी चर्चित छन् ।

प्रतिक्रियाहरु