प्रवास

तेस्रो लिंगीलाई प्रहरीमा भर्ना हुने अवसर

काठमाडौं, २९ माघ । भारतको छत्तीसगढ राज्यमा तेस्रो लिंगीलाई पनि प्रहरीमा भर्ना हुने अवसर प्रदान गरिएको छ । छत्तीसगढ सरकारले प्रहरीमा २ हजार २५९ सीटका लागि आवेदन खुला गरेको छ । यसमध्ये केही सिटमा तेस्रो लिंगीले पनि अवसर पाउने भएका छन् । छत्तीसगढ सरकारको समाज कल्याण मन्त्री रमशीला साहुका अनुसार तेस्रो लिंगी समुदायका जोकोहीले आफ्नो […]

२०७४ माघ २९ गते, सोमबार

विश्व क्रिकेट लिगमा नेपाल र युएई भिड्दै

काठमाडौं, २८ माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ क्रिकेटमा आज नेपाल र युएई भिड्दै छन । प्रतियोगितामा सुरुवाती दुई खेलमध्ये एकमा जित र एकमा हार ब्यहोरेको नेपाल आज दोस्रो जितको खोजीमा छ । प्रतियोगिताको सुरुवाती खेलमा आयोजक नामिबियालाई हराएको नेपाल दोस्रो खेलमा भने ओमनसँग ६ विकेटले पराजित भएको थियो । उता युएईले भने पहिलो […]

२०७४ माघ २८ गते, आईतवार

कोरियामा कार्यरत नेपालीमा मानसिक समस्या !

काठमाडौं, २५ माघ । दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न आएको तीन महिना मै मानसिक समस्या देखिएपछि परिवारको अनुरोधमा ओखलढुंगाका एक युवालाई मंगलबार नेपाल फर्काइएको छ । कोरियास्थित नेपाली राजदूताबासका श्रम सहचारी डिल्लीराम बास्तोलाले इन्छन विमानस्थल पुगि उनलाई विमान क्रुको जिम्मा लगाएका हुन् । उनी कार्यरत शहर ख्वागंजुबाट सँगै काम गर्ने साथीसँग सोल आउने क्रममा सम्पर्कविहीन […]

२०७४ माघ २५ गते, बिहीबार

‘आप्रवासीका लागि ढोका बन्द गर्न पाउँदा सबैभन्दा धेरै खुशी हुन्छु ‘

काठमाडौं, २४ माघ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीसम्बन्धि आफ्नो नीतिमा संसदले सहमति नजनाउने हो भने पूर्ण रुपमा बन्द गर्न पाउँदा आफू खुशी हुने बताएका छन् । आप्रवासी नीति सुधार्न नमान्ने हो भने यो बन्द गरिनेछ र यो मुलुकका हितमा हुनेछ, ट्रम्पले भने । ह्वाइटहाउसमा बोल्दै ट्रम्पले हत्याराहरुलाई मुलुक प्रवेशको छिद्र रोक्ने कानूनमा सुधार गर्न […]

२०७४ माघ २४ गते, बुधबार

भारतीय क्लिनिकमा नेपाली ठगिए

काठमाडौं, २३ माघ । भारतको सीमावर्ती बजार पानीट्यांकीमा खुलेका क्लिनिकले नेपाली बिरामीलाई सस्तो उपचारका नाममा ठगी गर्ने क्रम बढेको छ । पूर्वी नाका काँकडभिट्टाबाट ५ मिनेटमा पुगिने पानीट्यांकी बजारमा खुलेका दर्जनौं क्लिनिकले सस्तोको प्रलोभन देखाएर नेपाली बिरामीलाई ठगी गर्ने गरेका हुन् । यी क्लिनिकहरुले पाइल्स, फिस्टुला, हाइड्रोसिललगायत दर्जनौं रोगको सहज र सरल तरीकाले उपचार गराउने […]

२०७४ माघ २३ गते, मंगलवार

कतारमा ११ नेपाली कोमामा

काठमाडौं, १९ माघ । महेशपुर–१ झापाका २९ वर्षीय श्रीबहादुर नेम्वाङ १० वर्षदेखि कतारको कमाद अस्पतालमा कोमामा छन् । अली रमदान ट्रेडर कम्पनीमा काम गर्न आएका नेम्वाङलाई ४ सेप्टेम्बर २००८ मा सडकमा गाडीले ठक्कर दिएको थियो । घाइते नेम्वाङ त्यसैबेलादेखि कोमामा गएका हुन् । हमाद अस्पतालमा नेम्वाङसहित ११ नेपाली कोमामा छन् । यीमध्ये सबैभन्दा बढी समयदेखि […]

२०७४ माघ १९ गते, शुक्रबार

वायुसेनाका ग्रुप क्याप्टेन सैन्य हिरासतमा

काठमाडौँ , १८ माघ । भारतीय वायुसेनाका एक उच्च अधिकारीलाई सैन्य हिरासतमा लिइएको छ । ग्रुप क्याप्टेन पदमा रहेका ती अधिकारीलाई समवेदनशील दस्तावेज हासिल गर्ने प्रयास गरेको आरोपमा हिरासतमा लिइएको हो । अधिकारीहरुका अनुसार एक महिलासँग फेसबुकमार्फत निकट सम्बन्ध बनाएका उनले अनधिकृत रुपमा इलेक्ट्रोनिक उपकरणका माध्यमबाट ‘अवाञ्छित गतिविधि’ गरेका थिए । जबकि कार्यालयमा ती उपकरण […]

२०७४ माघ १८ गते, बिहीबार

साउदी र ओमनमा वैदेशिक रोजगारको क्षेत्र कटौती

काठमाडौं, १७ माघ । आफ्ना नागरिकलाई रोजगारको व्यवस्था गर्न साउदी अरब र ओमनले विभिन्न क्षेत्र र पेसामा विदेशी कामदार राख्न नपाउने नीति ल्याएको छ । साउदी र ओमनले सामान्य काममा पनि आफ्ना नागरिकलाई प्रोत्साहन गर्ने नीति ल्याएपछि विदेशीले अवसर नपाउने भएका हुन् । साउदीले १२ वटा क्षेत्र र ओमनले ८७ वटा पेसामा विदेशी कामदार राख्न […]

२०७४ माघ १७ गते, बुधबार

छोराको आशमा लाखौ छोरी

काठमाडौँ , १६ माघ । भारत। भारतमा २ करोड १० लाख बिना इच्छा जन्माएका छोरीको संख्या रहेका छन् । उक्त डाटा भारतको एउटा सरकारी प्रतिवेदनले देखाएको हो । छोरा नहुञ्जेल धेरै दम्पतीले सन्तान जन्माउने क्रमलाई निरन्तरता दिएको अर्थ मन्त्रालयको प्रतिवेदनले जनाइएका छन् । छोराको जन्मलाई महत्व दिने मान्यताबारे भारतीय समाजले गम्भीर रूपमा विचार गर्नुपर्ने उनीहरूले […]

२०७४ माघ १६ गते, मंगलवार

नयाँदिल्ली सबैभन्दा प्रदूषित सहर

काठमाडौँ , १६ माघ । भारतको राजधानी नयाँदिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ । सो अध्ययनले भारतीय राज्यहरुमध्येमा उत्तर प्रदेश सबैभन्दा प्रदूषित राज्य भएको पनि देखाएको राजधानी नयाँदिल्लीमा मंगलबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्व वातावरणसम्बन्धी संस्था ‘ग्रीन पिस’को भारत शाखाले मंगलबार सार्वजनिक गरेको उक्त अध्ययन […]

२०७४ माघ १६ गते, मंगलवार