कोरियामा कार्यरत नेपालीमा मानसिक समस्या !

२०७४ माघ २५ गते, बिहीबार

काठमाडौं, २५ माघ । दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न आएको तीन महिना मै मानसिक समस्या देखिएपछि परिवारको अनुरोधमा ओखलढुंगाका एक युवालाई मंगलबार नेपाल फर्काइएको छ । कोरियास्थित नेपाली राजदूताबासका श्रम सहचारी डिल्लीराम बास्तोलाले इन्छन विमानस्थल पुगि उनलाई विमान क्रुको जिम्मा लगाएका हुन् । उनी कार्यरत शहर ख्वागंजुबाट सँगै काम गर्ने साथीसँग सोल आउने क्रममा सम्पर्कविहीन भएपछि उनको सोमबारको विमान छुटेको थियो ।
मानसिक समस्या देखिएका यी युवाजस्तै अरु धेरै नेपालीलाई यसैगरी नेपाल पठाएको एनआरएनए कोरियाका अध्यक्ष लक्ष्मी लामाले बताइन् । करिब ४ महिनामा एक महिलासहित पाँचजना नेपालीलाई फर्काइएको उनले बताइन् । लिखित तथ्यांक नभए पनि एक दशक अवधीमा यस्ता समस्यामा परेका करिब डेढ सय नेपाली कोरियाबाट फर्केको लामाको दाबी छ । कति त उपचारपछि पुनः कोरिया आई काम गरिरहेको पनि उनले बताइन् । केही समयअघि मानसिक समस्या देखिएका एक महिलालाई नेपाल पठाइए पनि अभिभावकले फेरि कोरिया नै फर्काइ दिएका थिए । त्यस्तै कृषिमा कार्यरत एक युवालाई मानसिक समस्या देखिएपछि नेपाल फर्काउन लाग्दा परिवारले केही दिनपछि आउनु भनेपछि उनले आत्महत्या गरेको दूतावासले जनाएको छ । – कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु