प्रवास

युएईद्वारा आममाफीको सदुपयोग गर्न आग्रह

काठमाडौं , १६ साउन । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले युएईमा गैरकानूनीरुपमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको सदुपयोग गर्न आग्रह गरेको छ । युएई सरकारले आफ्नो मुलुकमा गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकलाई वैध रुपमा युएईमा काम गर्न दिने तथा स्वदेश फर्कन चाहनेका लागि ३ महिने आममाफीको व्यवस्था गरेको छ । […]

२०७५ श्रावण १६ गते, बुधबार

खाल्डाेका कारण छोराको मृत्यु भएपछि …

काठमाडौं, १५ साउन । भारत मुम्बईका दादाराओ बिलहोरे सडकमा रहेका खाल्डाका कारण छोराको मृत्यु भएपछि सो पीडालाई सेवामा लगाएका छन् ।। उनको छोराको १६ वर्षीय उमेरमा मृत्यु भयो । छोराको सम्झनामा बाबुले सोही शहरको सडकमा रहेका ५ सय ५६ वटा खाल्डा पुरेर सेवाकर्म दर्शाएका हुन् । सन् २०१५ मा सडक दुर्घटनामा नै परेर उनका छोरा […]

२०७५ श्रावण १५ गते, मंगलवार

नेपाली महिला बन्धक बनाउने पक्राउ

काठमाण्डौ, ९ साउन । भारतको बनारसमा नेपाली महिला बन्धक बनाउने ५ जना भारतीय पक्राउ परेका छन् । बनारसका एसएसपी आनन्द कुलकर्णीको नेतृत्वमा गएको सुरक्षा बलले बनारसस्थित नटकनिया दाइका जयसिंहको घरमा छापा मार्ने क्रममा दुई महिला र तीन पुरुष सहित पॉच जनालाई पक्राउ गरेको हो । प्रहरीले छापा मार्ने सूचना पाएपछि जयसिंहको घरमा राखिएका नेपाली महिलालाई […]

२०७५ श्रावण ९ गते, बुधबार

डा. केसीको पक्षमा अष्ट्रेलियामा प्रदर्शन

काठमाडौं, ६ साउन । २३ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा पश्चिम अष्ट्रेलियाको पर्थमा ऐक्यबद्धतास्वरूप प्रदर्शन गरिएकाे छ । डा. केसीका मागलाई सरकारले सम्बाेधन गर्न नसकेकाे भन्दै तत्काल माग पुरा गर्न त्यहा रहेकाे नेपालीले प्रदर्शन गरेका हुन् । पश्चिम अष्ट्रेलियाको पर्थमा ऐक्यबद्धता कार्यक्रम गर्दै उनीहरुले सरकारबाट भइरहेको हस्तक्षेप समेत तत्काल बन्द गर्न र डा. केसीको […]

२०७५ श्रावण ६ गते, आईतवार

डा. केसीकाे समर्थनमा अमेरिकामा प्रदर्शन

काठमाडौं, ५ साउन । डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै अमेरिकामा प्रदर्शन भएकाे छ । २२ दिनदेखि अनशनमा रहेका केसीकाे जीवन रक्षा र उनले उठाएका मागहरु पूरा गर्न नेपाल सरकारलार्इ अमेरिकामा रहेका नेपालीहरुले प्रर्दशन गर्दै हस्ताक्षर समेत संकलन गरेका छन् । अमेरिकाकाे टेक्सासलगायत विभिन्न स्थानमा भएका प्रदर्शनसँगै संकलित हस्ताक्षर राष्ट्रसंघमा बुझाउने तयारी भइरहेकाे बताइएकाे छ […]

२०७५ श्रावण ५ गते, शनिबार

साउदी अरबमा ३८ नेपाली अलपत्र

काठमाडौँ, २ साउन । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् । विसं २०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८ जना नेपाली युवा सम्झौता अनुसारको काम र दाम नपाएपछि अलपत्र परेका हुन् । साउदी पुगेयता ९०० रियल मात्र पाएका नेपालीले एक दिन […]

२०७५ श्रावण २ गते, बुधबार

विद्यालय शुल्क नतिरेपछि …

काठमाडौं, २७ असार । भारतको दिल्लीस्थित एक स्कुलमा विद्यालय शुल्क नतिरेपछि ५९ बच्चीलाई थुनिएको छ । राजधानीको राबिया गल्र्स पब्लिकले सोमबार शुल्क जम्मा नगरेको भन्दै ५ देखि ८ वर्षका ५९ बच्चीहरु स्कुलमै थुनिएका हुन् । उनीहरुलाई ५ घण्टासम्म शौचालय जान नदिइ थुनिएको थियो । यो घटना मंगलबार सार्वजनिक भएको हो । बच्चीहरुका अभिभावकले बच्चीहरुलाई लिन […]

२०७५ असार २७ गते, बुधबार

मलेसियामा आप्रवासी कामदारविरुद्ध धरपकड,दर्जनौं नेपाली पक्राउ

काठमाडौँ, २० असार । नेपाली कामदारको प्रमुख वैदेशिक रोजगारीको गन्तव्य मलेसियाले अवैधानिक आप्रवासी कामदारविरुद्ध देशैभरि धरपकड थालेपछि नेपालीसहित सयौँ आप्रवासी कामदार पक्राउ परेका छन्। पक्राउ पर्ने कामदारहरूको यकिन संख्या थहा नभएपनि आइतवारयता धरपकडलाई निरन्तरता दिइएको छ। कतिपय अधिकारवादी संस्थाहरूले उक्त कदमले कामदारलाई असुरक्षित बनाएको प्रतिक्रिया दिएका छन्। यसैबीच विदेशी कामदारहरूको निर्भरता हटाउन मलेसियाले नयाँ नीति […]

२०७५ असार २० गते, बुधबार

पत्रकार बुखारीको हत्या

काठमाडौँ, १ असार । भारतमा राइजिङ कश्मीरका सम्पादक शुजात बुखारीको हत्या गरिएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार पत्रिकाको कार्यालयबाट निस्कँदै गर्दा बुखारीमाथि बिहीबार गोली हानेर हत्या गरिएको हुन् । चार जनाको समूहमा रहेको आतंकवादीले बुखारी चढेको गाडीमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । बुखारीसँगै उनको गाडीमा रहेका अरु दुई जना गम्भीर घाइते भएका छन् । […]

२०७५ असार १ गते, शुक्रबार

बाढी र पहिरोमा परेर १४ जनाको मृत्यु

काठमाडौं, ३० जेठ । बंगलादेशमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ । २० जना हराइरहेका छन् । मुसलधारे बर्षासँगै आएको बाढी र पहिरोमा परेर उनीहरुको मृत्यु भएको हो । बाढी र पहिरोमा परेर मर्नेहरु रोहिंग्या शरणार्थी रहेको बंगलादेशका अधिकारीहरुले जनाएका छन् । बंगलादेशको दक्षिण पश्चिमी क्षेत्रमा रहेको कोक्स बजार […]

२०७५ जेष्ठ ३० गते, बुधबार