डा. केसीकाे समर्थनमा अमेरिकामा प्रदर्शन

२०७५ श्रावण ५ गते, शनिबार

काठमाडौं, ५ साउन । डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै अमेरिकामा प्रदर्शन भएकाे छ । २२ दिनदेखि अनशनमा रहेका केसीकाे जीवन रक्षा र उनले उठाएका मागहरु पूरा गर्न नेपाल सरकारलार्इ अमेरिकामा रहेका नेपालीहरुले प्रर्दशन गर्दै हस्ताक्षर समेत संकलन गरेका छन् । अमेरिकाकाे टेक्सासलगायत विभिन्न स्थानमा भएका प्रदर्शनसँगै संकलित हस्ताक्षर राष्ट्रसंघमा बुझाउने तयारी भइरहेकाे बताइएकाे छ । तीन दिनसम्म करिब १५ हजार हस्ताक्षर संकलन भएको र एक लाख पुगेपछि राष्ट्रसंघलाई बुझाइने अभियानकर्ताहरूले बताएका छन् ।
डा. केसीको प्राण रक्षा गर्न संयुक्त राष्ट्र संघीय मानवअधिकार आयोगसमक्ष अपिल गरिने समेत उनीहरूले बताएका छन् । केसीका मागप्रति सरकार गम्भीर नबनेकाे र उल्टै अमानवीय दमन गरेकाे भन्दै मानव अधिकार उल्लंघनकाे आरोपमा नेपाल सरकारविरुद्ध राष्ट्रसंघमा उजुरी समेत पठाइएकाे एक अभियन्ताले जनाए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु