प्रवास

अस्पतालमा आगलागी, ६ जनाको मृत्यु, १ सय ३० घाईते

काठमाडौं , ३ पुस । भारतको मुम्बईस्थित एक अस्पतालमा भीषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । आगलागीमा परेर १ सय ३० जनाभन्दा धेरै घाइते भएका छन् । मुम्बईको मरोल क्षेत्रस्थित इएसआईसी कामगार अस्पतालमा आगलागी भएको हो । हिजो साँझ सुरु भएको आगलागी दमकल पुग्दासम्म निकै फैलिएकाले ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् । […]

२०७५ पुष ३ गते, मंगलवार

भिसाको दुरुपयोग अभियोगमा कयौं नेपाली कालोसूचीमा

काठमाडौं, १७ मंसिर । मलेसियाले अध्यागमन कानून उलंघन गरेको पाइएका करिब ६३ हजार विदेशी नागरिकलाई पुनः प्रवेश गर्नमा प्रतिबन्ध लगाएको छ । मलेसियाले अध्यागमन कानूनविपरित गतिविधि गरेको र आपराधिक क्रियाकलापमा संलग्न भएको ठहर गरिएका विदेशी नागरिकलाई कालोसूचीमा राख्दै पुनः प्रवेशमा प्रतिबन्ध लगाएको हो । भिसाको दुरुपयोग गरेको अभियोगमा कयौं नेपाली पनि कालोसूचीमा परेका छन् । […]

२०७५ मंसिर १७ गते, सोमबार

नेपाली प्रगतिशील मोर्चा पोर्तुगलको प्रथम अधिवेशन हुदै

काठमाडौं , १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टीनिकट नेपाली प्रगतिशील मोर्चा पोर्तुगलको प्रथम अधिवेशन आज हुने भएको छ । सम्मेलनमा युरोप मोर्चाका अध्यक्ष बिष्णु भुजेल सहभागि हुने बताइएको छ । अधिवेशनमा बेल्जियम, जर्मनी लगायतका देशहरुबाट अतिथिहरु सहभागि हुनेछन् । नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका संयोजक ईन्द्र न्यौपानेले भने ,‘अधिवेशनलाई आबश्यक पर्ने आर्थिक, भौतिक लगायत सम्पूर्ण तयारी […]

२०७५ मंसिर १६ गते, आईतवार

चाइना अन्तर्राष्ट्रिय ट्राभल मार्ट सम्पन्न

काठमाडौँ, ३ मंसिर । चाइना अन्तर्राष्ट्रिय ट्राभल मार्ट सीआइटीएम २०१८ को २० औं संस्करण नोभेम्वर १६ देखि १८ सम्म चीनको साङ्घाईमा सम्पन्न भएको छ । पीआरसी मन्त्रालय, नागरिक उड्डयन व्यवस्थापन, चाइना र साङ्घाई नगरपालिका जन सरकारको संयुक्त आयोजनामा सम्पन्न सीआइटीएम २०१८ ले २२४५ बुथहरुमध्ये १५४२ घरेलु प्रदर्शन र ७०३ विदेशी प्रदर्शनी यसको आकर्षण बनेको थियो […]

२०७५ मंसिर ३ गते, सोमबार

भारतीय प्रहरीद्वारा ट्यांकर चालकलार्इ कुटपिट

काठमाडौ, २ मंसिर । भारतीय प्रहरीले जोगबनी बजारमा नेपाली ट्यांकर चालकलाई कुटपिट गरेपछि ट्यांकर चालकले भारतबाट इन्धन ढुवानी ठप्प पारेका छन् । भारतको बरौनीबाट पेट्रोल लिएर आउँदै गरेको को.१ख ६००९ नम्बरको ट्यांकरका चालकलाई कुटेपछि ट्यांकर चालकले ढुवानी नगर्ने भन्दै धर्नामा बसेका हुन् । दोषी भारतीय सुरक्षाकर्मीलाई कारबाही हुनुपर्ने, यस्ता दुव्र्यवहार रोकिनुपर्ने, सुरक्षा हुनुपर्ने, जाम भइरहेको […]

२०७५ मंसिर २ गते, आईतवार

मन्त्री अनन्तको निधन

काठमाडौं, २६ कात्तिक । संसदीय कार्यमन्त्री अनन्त कुमारको सोमबार बिहानै निधन भएको छ । केन्द्रीय मन्त्री अनन्त क्यान्सरबाट पीडित थिए । उनको बेंगलुरुस्थित एउटा अस्पतालमा उपचार हुँदै आएको थियो । भारतका राष्ट्रपति रामनाथ कोविन्दले मन्त्री कुमारको निधनमा शोक प्रकट गर्दै भनेका छन्, ‘अनन्त कुमारको निधन देशको सार्वजनिक जीवनमा निकै ठूलो क्षति हो, खासगरी कर्नाटकका जनताका […]

२०७५ कार्तिक २६ गते, सोमबार

राष्ट्रपतिबाट संसद भंग

काठमाडौँ, २४ कात्तिक । श्रीलंकामा राजनीतिक संकट गहिरिँदै गएपछि राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद् नै भंग गरिदिएका छन् । राष्ट्रपति सिरिसेनाले गएरातिदेखि लागू हुने गरी संसद् भंग गरेका हुन् । संसद् भंग भएसँगै आगामी वर्षको सुरुआतमै निर्वाचन हुन सक्ने बताइएको छ । तर राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्न सक्ने सम्भावनासमेत छ । प्रधानमन्त्री पदबाट बर्खास्त […]

२०७५ कार्तिक २४ गते, शनिबार

नेपाली जनप्रगतिशील मोर्चा कतारद्वारा पिडितको उद्वार

काठमाडौं, २२ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट प्रबास ब्युरो सगठन नेपाली जनप्रगतिशील मोर्चा कतारले कन्चनपुरका एक पिडित युवाको उद्वार गरेको छ । काठमाडौको सुलभ ओभरसिजबाट कतार गएका बेलरी नगरपालिका २ कंचनपुर का भरत राज पुरीलाइ मोर्चाले उद्धार गरी नेपाल फर्काएको हो । यस्तै अर्का युवा मेचि नगरपालिका ११ झापा का चन्द्र कुमार बि. क.लाई […]

२०७५ कार्तिक २२ गते, बिहीबार

नक्सलवादीको आक्रमण, पत्रकारसहित दुई प्रहरीको मृत्यु

काठमाडौं, १३ कात्तिक । भारतमा सक्रिय नक्सलवादीको आक्रमणमा एकजना पत्रकार सहित केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का दुईजना जवानको मृत्यु भएको छ । मारिएका पत्रकार भारतीय टेलिभिजन संस्था दूरदर्शनका क्यामरापर्सन रहेका छन् । दूरदर्शनको टोली र गस्तीमा रहेको प्रहरीको टोलीमाथि अरानपुर जिल्लामा आक्रमण गरिएको प्रहरीले जनाएको छ । आक्रमणमा दुईजना प्रहरी घाइते भएका र उनीहरुलाई स्थानीय […]

२०७५ कार्तिक १३ गते, मंगलवार

रेलले ठक्कर दिंदा ६० जनाको मृत्यु, सयभन्दा बढी घाइते

काठमाडौं , ३ कार्तिक । भारतको पञ्जाबस्थित अमृतसरमा ठूलो सडक दुर्घटना भएको छ । पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भीडलाई ठक्कर दिंदा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन् । अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाक नजिकै साँझ साढे ६ बजे रावणको पुत्ला दहन गरिरहेको भीड रेलको लिकमा पुगेपछि दुर्घटना […]

२०७५ कार्तिक ३ गते, शनिबार