प्रवास

भारतीय प्रहरीद्वारा ट्यांकर चालकलार्इ कुटपिट

काठमाडौ, २ मंसिर । भारतीय प्रहरीले जोगबनी बजारमा नेपाली ट्यांकर चालकलाई कुटपिट गरेपछि ट्यांकर चालकले भारतबाट इन्धन ढुवानी ठप्प पारेका छन् । भारतको बरौनीबाट पेट्रोल लिएर आउँदै गरेको को.१ख ६००९ नम्बरको ट्यांकरका चालकलाई कुटेपछि ट्यांकर चालकले ढुवानी नगर्ने भन्दै धर्नामा बसेका हुन् । दोषी भारतीय सुरक्षाकर्मीलाई कारबाही हुनुपर्ने, यस्ता दुव्र्यवहार रोकिनुपर्ने, सुरक्षा हुनुपर्ने, जाम भइरहेको […]

२०७५ मंसिर २ गते, आईतवार

मन्त्री अनन्तको निधन

काठमाडौं, २६ कात्तिक । संसदीय कार्यमन्त्री अनन्त कुमारको सोमबार बिहानै निधन भएको छ । केन्द्रीय मन्त्री अनन्त क्यान्सरबाट पीडित थिए । उनको बेंगलुरुस्थित एउटा अस्पतालमा उपचार हुँदै आएको थियो । भारतका राष्ट्रपति रामनाथ कोविन्दले मन्त्री कुमारको निधनमा शोक प्रकट गर्दै भनेका छन्, ‘अनन्त कुमारको निधन देशको सार्वजनिक जीवनमा निकै ठूलो क्षति हो, खासगरी कर्नाटकका जनताका […]

२०७५ कार्तिक २६ गते, सोमबार

राष्ट्रपतिबाट संसद भंग

काठमाडौँ, २४ कात्तिक । श्रीलंकामा राजनीतिक संकट गहिरिँदै गएपछि राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद् नै भंग गरिदिएका छन् । राष्ट्रपति सिरिसेनाले गएरातिदेखि लागू हुने गरी संसद् भंग गरेका हुन् । संसद् भंग भएसँगै आगामी वर्षको सुरुआतमै निर्वाचन हुन सक्ने बताइएको छ । तर राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्न सक्ने सम्भावनासमेत छ । प्रधानमन्त्री पदबाट बर्खास्त […]

२०७५ कार्तिक २४ गते, शनिबार

नेपाली जनप्रगतिशील मोर्चा कतारद्वारा पिडितको उद्वार

काठमाडौं, २२ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट प्रबास ब्युरो सगठन नेपाली जनप्रगतिशील मोर्चा कतारले कन्चनपुरका एक पिडित युवाको उद्वार गरेको छ । काठमाडौको सुलभ ओभरसिजबाट कतार गएका बेलरी नगरपालिका २ कंचनपुर का भरत राज पुरीलाइ मोर्चाले उद्धार गरी नेपाल फर्काएको हो । यस्तै अर्का युवा मेचि नगरपालिका ११ झापा का चन्द्र कुमार बि. क.लाई […]

२०७५ कार्तिक २२ गते, बिहीबार

नक्सलवादीको आक्रमण, पत्रकारसहित दुई प्रहरीको मृत्यु

काठमाडौं, १३ कात्तिक । भारतमा सक्रिय नक्सलवादीको आक्रमणमा एकजना पत्रकार सहित केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का दुईजना जवानको मृत्यु भएको छ । मारिएका पत्रकार भारतीय टेलिभिजन संस्था दूरदर्शनका क्यामरापर्सन रहेका छन् । दूरदर्शनको टोली र गस्तीमा रहेको प्रहरीको टोलीमाथि अरानपुर जिल्लामा आक्रमण गरिएको प्रहरीले जनाएको छ । आक्रमणमा दुईजना प्रहरी घाइते भएका र उनीहरुलाई स्थानीय […]

२०७५ कार्तिक १३ गते, मंगलवार

रेलले ठक्कर दिंदा ६० जनाको मृत्यु, सयभन्दा बढी घाइते

काठमाडौं , ३ कार्तिक । भारतको पञ्जाबस्थित अमृतसरमा ठूलो सडक दुर्घटना भएको छ । पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भीडलाई ठक्कर दिंदा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन् । अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाक नजिकै साँझ साढे ६ बजे रावणको पुत्ला दहन गरिरहेको भीड रेलको लिकमा पुगेपछि दुर्घटना […]

२०७५ कार्तिक ३ गते, शनिबार

आमरण अनशन बसेका जीडीको निधन !

काठमाडौं , २६ असोज । भारतमा गंगा नदीको स्वच्छता र रक्षा अभियानमा सक्रिय पर्यावरणविद जीडी अग्रवाल (स्वामी सानन्द) को निधन भएको छ । विगत ११२ दिनदेखि आमरण अनशन बसेका उनको अनशनकै क्रममा निधन भएको छ । उनले गत बुधबारदेखि जलसमेत त्यागेका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उनको […]

२०७५ आश्विन २६ गते, शुक्रबार

भारतको हरियाणा राज्यमा नेपाली महिलाको रहस्यमय मृत्यु

काठमाडौं, २३ असोज । भारतको हरियाणा राज्यमा एक नेपाली महिलाको रहस्यमय मृत्यु भएको छ । हरीयाणा राज्यको गुरुग्रामको पालम बिहार सेक्टर २३ ‘ए’ बल्कमा बस्दै आएकी गुल्मी छापाचौरकी सर्मिला विक हिजो झुण्डिएको अवस्थामा भेटिनुभएको हो । रोजगारीकै शीलशीलामा विक परिवारसहित पालममै बस्दै आउनुभएको थियो । ३६ बर्षिय विक सामान्य रुखको पेदमा दुपट्टामा झुण्डिएर आत्महत्या गरेको […]

२०७५ आश्विन २३ गते, मंगलवार

प्रवासी नेपाली जनसमाज भारत हिमाचल राज्य समितिकाे राज्य भेला सम्पन्न

काठमाडौं , २१ असोज । शान्ति समानता स्वाधिनता र समृद्धिको लागी प्रवासी नेपालीहरु एक हौं! विचार संप्रेशण र सुदृढ संगठनको लागि प्रथम हिमाचल राज्य भेला सफल पाराैं ! ! मुल नाराका साथ प्रवासी नेपालीहरुको अभिभावक संगठन प्रवासी नेपाली जनसमाज भारत हिमाचल राज्य समितिकाे राज्य भेला सम्पन्न भएको छ । भेलाले रामचन्द्र राेकामगरकाे अध्यक्षतामा तिन जना […]

२०७५ आश्विन २१ गते, आईतवार

जापानमा नेपाली हाइकु सम्मेलन हुने

काठमाडौँ, १२ असोज । नेपाल हाइकु केन्द्र (नेहा ) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान शाखाको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन यही असोज १४ र १५ गते जापानको टोकियोमा हुने भएको छ । १५ वर्षअघि नेपालमा शुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्र(नेहा)का अध्यक्ष रामकुमार पाँडेले जानकारी दिए […]

२०७५ आश्विन १२ गते, शुक्रबार