अस्पतालमा आगलागी, ६ जनाको मृत्यु, १ सय ३० घाईते

२०७५ पुष ३ गते, मंगलवार

काठमाडौं , ३ पुस । भारतको मुम्बईस्थित एक अस्पतालमा भीषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । आगलागीमा परेर १ सय ३० जनाभन्दा धेरै घाइते भएका छन् । मुम्बईको मरोल क्षेत्रस्थित इएसआईसी कामगार अस्पतालमा आगलागी भएको हो । हिजो साँझ सुरु भएको आगलागी दमकल पुग्दासम्म निकै फैलिएकाले ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् । अस्पतालमा आगलागी भएपछि धेरै व्यक्तिले ज्यान जोगाउन छतबाट हाम फाल्दा उनीहरु पनि घाइते भएका बताइएको छ ।
अस्पतालको सबैभन्दो तल्लो तलाबाट आगलागी सुरु भएको हो । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । आगलागीको कारण खुल्न नसकेको भारतीय संचारमाध्यमले जनाएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु