दशैंमा ट्याक्सी चढेर घर जाने भए…

२०७७ आश्विन ६ गते, मंगलवार

काठमाडौं । इजी ट्याक्सी नेपालले ट्याक्सी मार्फत घरजानेहरुका लागि बुकिङ खुल्ला गरेको छ । इजी ट्याक्सी नेपाल एपले ‘चाडवाड अफर, ट्याक्सी चढि दशैंमा गाउँघर’ नारासहित ट्याक्सीमार्फत घरजानेको लागि बुकिङ्ग खुला गरेको छ । एप डाउनलोड गरी काठमाडौंबाट कुन स्थानसम्म जाने र कुन दिन जाने भन्ने सुनिश्चित गरी यात्रा अग्रिम बुकिङ्ग गरि दर्ता गर्न सकिनेछ ।
कम्पनीले नेपालमै पहिलो पटक एपमार्फत ट्याक्सी बुकिङ्ग गर्न सकिने सुबिधा आएको हो । एपमा गएर यात्रुले आफ्नो सम्पूर्ण यात्राको बिवरण भरेर दर्ता गर्नुपर्नेछ भने सो दर्ताको आधारमा यात्रुको मोबाइल नम्बरमा म्यासेज प्राप्त हुनेछ । उक्त म्यासेज प्राप्त भएसँगै कम्पनीले यात्रुसँग व्यक्तिगत रुपमा बुकिङ्ग सुनिश्चित गर्नेछ ।
इजी ट्याक्सी नेपाल एपमार्फत यात्राको कति शुल्क लाग्ने र कुन स्थानसम्म जाने भनेर छनौट गर्न सकिनेछ भने यात्रुले ट्याक्सी बुक भए नभएको जानकारी र ट्याक्सी नम्बरको बारेमा समेत ट्रयाक गर्न सकिने सुविधा रहेको छ ।
इजी ट्याक्सी नेपाल एपमा आबद्ध भएका ट्याक्सी चालकहरुलाई कम्पनीले यसअघि नै कोरोना बीमा समेत गरिसकेको छ । यात्रुको पनि विमा गरिने व्यवस्था छ । यात्रामा स्यानिटाइजर, मास्क र पञ्जाको समेत व्यवस्था मिलाएको छ । इजी ट्याक्सी नेपाल एपमार्फत यात्रुहरुले सरकारी दररेटमा नै घरसम्म ट्याक्सी बुकिङ्ग गर्न र आरामदायी यात्रा गर्न सक्ने जनाइएको छ । एपमा हाल देशभरका ५ हजार भन्दा बढि ट्याक्सीहरु संचालनमा रहेका छन् ।

प्रतिक्रियाहरु