‘देशलाई आत्मनिर्भर बनाउन नेताहरु उत्पादनमा जोडिनै पर्छ’

२०८० फाल्गुन २९ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले देशलाई आत्मनिर्भर बनाउन नेताहरु उत्पादनमा जोडिनै पर्ने बताएका छन। नेपाल कम्युनिष्ट पार्टी कालिकोटले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लव सी ले उत्पादनमा नेता नजोडिदा नेपालमा भ्रष्टाचारको जन्म भएको बताएका हुन् । उनले नेपालमा कम्युनिष्ट भन्ने नेताहरु समेत भ्रष्टाचारको मुद्धामा जेल जानु दुखत कुरा भएको भन्दै कम्युनिष्टहरुले श्रम र उत्पादनलाई राजनीतिमा जोड्न नसक्दा समस्या आएको बताउदै भने ‘यो समस्यालाई नेकपाले हल गर्ने प्रयास गरेको छ,नेपाललाई आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न र पार्टी जनतालाई आत्मर्भिर बनाउन उत्पादको नीति अनुसार जुम्ला र कालिकोटमा स्याउ खेति गरेका छौ । एकीकृत स्वामित्वको नीति अनुसार जनता र पार्टी दुबैको हुनेछ, देशलाई आत्मनिर्भर बनाउन नेताहरु उत्पादनमा जोडिनै पर्छ ।’
महासचिव विप्लव सी ले बर्तमान सरकार केही सापेक्षिक रुपमा प्रगतिशील सरकार भएको भन्दै यसले राम्रो काम गर्नेमा आसा व्यक्त गरे ।
उनले नेपालको राजनीतिक अवस्था अझै पनि अस्थिर भएको र यसको स्थितरका लागि र अहिलेको संकट समाधानका लागि नेपाली विशेषताको समाजवाद आवश्यक भएको बताए ।
महासचिव विप्लव सी le व्यवस्थाको असफलताले गर्दा नेपालका सबै कम्युनिष्टहरु माओवादीहरु एकजुट भएर समाजवादका लागि आगाडि बढन आवश्यक भएको बताए।

प्रतिक्रियाहरु