नेपाल कम्युनिस्ट पार्टीको स्वागत योग्य निर्णय

२०८१ बैशाख १६ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकले चुनाव पनि क्रान्तिकै मोर्चा भएको निष्कर्ष निकाल्दै संसदीय व्यवस्था अन्तर्गत हुने आगामी निर्वाचनहरुलाई एकीकृत जनक्रान्तिको संघर्षको मोर्चाकोरुपमा प्रयोग गर्ने नीति लिएको छ । जुन देश र जनताको लागि ज्यादै खुशीको विषय हो । नेकपाको उक्त बैठकले चुनाव सम्बन्धी पार्टीको धारणा प्रस्ट्याउदै चुनावलाई कार्यनीति र रणनीतिको रूपमा विभाजन गरेर बुझ्ने कम्युनिस्ट आन्दोलनको पुरानो चलनले अब काम नगर्ने भन्दै चुनाव पनि क्रान्तिकै भिन्न मोर्चा भएकोले आगामी  निर्वाचनहरुलाई पनि त्यसरी नै लिनुपर्ने  निर्णय गरेको छ । यतिबेला संसद्वादी दल र नेताका कारण देश र जनता प्रताडित हुनुका साथै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त गणतन्त्रको उपहास भएको छ भने संविधान कागजको खोस्टोमा परिणत भएको छ । एमसीसी सम्झौता संसद्बाट पारित भएको छ भने एसपीपीपी सम्झौता लागू गर्न विभिन्न प्रपन्चहरु भइरहेका छन् । संसदवादी दल र नेताका कारण वैदेशिक हस्तक्षेपले सीमा नाघेको छ, एकपछि अर्को राष्ट्रघात र जनघाती कार्य भइरहेका छन् । भ्रष्टाचार, अनियमितता, कालोबजारी, महँगीले सीमा नाघेको छ भने प्रहरी प्रशासन बेलगाम भएका छन् । नागरिकता विधेयक विवाद, सरकार, संसद्, अदालतका विवादलगायतका घटनाले देश र जनता सरकार, संसदवादी दल र नेताको घृणित खेलबाट वाक्कदिक्क भइरहेका छन् । यस्तो समयमा सो पार्टीले   निर्वाचनमा, राष्ट्रघाती र जनघाती राजनीतिक दल  नेता विरुद्ध क्रान्तिकारी, प्रगतिशील, सच्चा लोकतन्त्रवादी,  राष्ट्रवादी दल र नेतासँग चुनावी मोर्चा बनाएर प्रयोग गर्ने र चुनावलाई पनि आन्दोलन कै रुपमा अगाडि बढाउने नीति लिएसँगै भ्रष्टाचारी, कमिशनखोरी र राष्ट्रघातीको निद हराम भएको छ । किनकि एमसीसीलगायत देश र जनताप्रति नेकपाले उठाएको एजेन्डा र संघर्षले आमजनताको साथ र सहयोग नेकपाप्रति ह्वातै बढेको छ । यस्तो अवस्थामा नेकपाले  निर्वाचन प्रयोग गर्ने नीति लिएपछि  भ्रष्ट संसदवादी दल र नेताको  ब्रम्हलुट धराशायी हुने निश्चित छ । नेकपाले भ्रष्टाचारी, कमिशनखोरी र राष्ट्रघाती एमसीसीका पक्षधरविरुद्ध संघर्षको मोर्चाको रुपमा निर्वाचनमा भ्रष्टाचार र कमिशन विरोधि प्रतिनिधि खडा गरेर चुनावमा सहकार्य गर्ने  र सहयोग लिने र दिने कार्य ग¥यो भने संसदवादी  दल र नेताको पत्ता साफ हुनेछ । नेपाली जनताको चाहना पनि नेकपा   निर्वाचनमा सहभागी भएर देश र जनताको पक्षमा उदारणीय कार्य गरोस् भन्ने छ, जसलाई  नेकपाले सम्मान गर्दै अगाडि बढेको देखिन्छ ।  नेकपाको यहि राष्ट्र र जनचाहना बमोजिमको कार्यले   आगामी दिनमा सो पार्टीप्रति जनताको साथ र सहयोग झनै  बढेर  जाने निश्चित छ । नेकपाको यस निर्णयले संसदवादी दल र नेताको हर्कतबाट वाक्क भएका जनतामा आशाको किरण पैदा गराएको छ । नेकपा सधैँ यसरी नै राष्ट्र र जनताको पक्षमा खडा भइरहोस, शुभकमना ।

प्रतिक्रियाहरु