‘नेपाली विशेषताको समाजवाद अनिबार्य’

२०८० फाल्गुन २६ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले देशमा अग्रगामी , प्रगतिशील परिवर्तनका लागि नेपाली विशेषताको समाजवादको विकल्प नभएको ठोकुवा गरेका छन। शुक्रबार जुम्लाको हाडुल्लेमा आयोजित स्याउ रोपण कार्यक्रमको उद्घाटन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।
महासचिव विप्लव सीले वर्तमान राजनीतिक संकट समाधानको लागि बाम कम्युनिष्ट क्रान्तिकारीहरु ध्रुवीकरण हुन आवश्यक भएको बताउदै अग्रगामी, प्रगतिशील परिवर्तनका लागि नेपालमा नेपाली विशेषताको समाजवाद भन्दा अर्को विकल्प नभएको ठोकुवा गरे ।


महासचिव विप्लव सीले स्याउ रोपणको उद्घाटन गर्दै ३ बर्षभित्र पार्टीलाई आत्मनिर्भर र चन्दामुक्त पार्टी बनाउने प्रतिबद्धता व्यक्त गर्दै भने – ‘क्रान्ति गर्नु मात्र ठुलो कुरा होईन, हामीले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसंग जोड्न सकेनौ, आज क्रान्तिप्रति वितृष्ण छ,विचलनता देखिएको छ, यसलार्ई चिर्न नेकपाले नवौं महाधिवेशनबाट आत्मनिर्भर अर्थतन्त्रको नीति आगाडि बढाएको छ ।’
महासचिव विप्लव सीले अबको राजनीति चन्दा उठाउने र भाषण मात्र गर्ने भएर नपुग्ने भन्दै देश र जनताको आत्मनिर्भर अर्थतन्त्रमा विकास गर्न हरेक नेता र राजनीति पार्टी श्रम तथा उत्पादनमा जोडिनु पर्ने बताउदै भने -‘तराईमा धान,तोरी तरकारी,पहाडमा फलफुल,र हिमालमा फलफुल तथा जडिवुटी उतपादनको अभियानमा छौ । हामी कृषिपछि साना उद्योगमा जादैछौ,फर्निचर तथा अन्य साना उद्योगमा जादैछौ,आफ्नै क्षमतालाई जोडेर अगाडि जाने प्रयासमा छौ,राज्यले जनतातिर सहयोग गर्ने नीति बनाउन सकेन,हजारौं स्याउका विरुवा राज्यसंग छ,तर हामीलाई कानुनको कुरा गरेर सहयोग गर्न सकेन । यो प्रचारको लागि मात्र होईन,उत्पादन गरेर जनतालाई र पार्टीलाई आत्मनिर्भर बनाउने हाम्रो चाहाना छ , उत्पादनलाई परिणाममुखी बनाउने चाहाना छ ।’


महासचिव विप्लव सीले क्रान्तिको चाहानालाई रुपान्तरण गर्ने योजना राज्यसंग नभएको आरोप लगाउदै एनसेल काण्ड,अन्य विभिन्न काण्ड,सरकारको अस्थिरता जस्ता विषयहरु छन,यसले देशलाई परनिर्भर बनाएको बताए । उनले एमसीसीका माध्यमबाट साम्राज्यवाद आउन खोजेको र यूरोपमा द्धन्द्ध चर्किरहेको विषयले विश्वयुद्धको सकेत गरेको बताए ।
महासचिव विप्लव सीले व्यवस्थाको असफलता र राष्ट्रको अस्थिरताको अन्त्यको लागि समाजवादी मोर्चा बनेको र यसले आफ्नो लक्ष्य अनुसार अगाडि जाने बताए । उनले स्थानीय पार्टी नेता, कार्यकता,जनप्रतिनिधि,पत्रकार,लगायत सबैलाई विशेष धन्यवाद दिर्दै जुम्लामा युद्धकालमा समेत बसेकोले जुम्ली जनतासंग गहिरो सम्वन्ध गरेहको बताए ।

उद्घाटन कार्यक्रममा सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले सम्वोधन गर्दै महासचिव विप्लव सीले जुम्लामा स्याउ लगाउने योजना बनाएर आत्मनिर्भर अर्थतन्त्रको कुरा उठाउनु सकरात्मक भएको भन्दै यो नेकपाको योजना मात्र नभएर हामी सबैको योजना भएको बताए । अध्यक्ष धितालले नेकपाको यो योजनाले आफूलाई गौरवान्भित बनाएको बताए ।
महासचिव विप्लव सीले चन्दननाथ नगरपालिका वडा नम्वर २ भण्डारीबाडामा ‘राजेश फलफुल नर्सरी एण्ड स्याउ प्रशोधन उद्योग’ संचालन गरेका दम्पती हरी वहादुर कामी र मंगला विकको हातबाट १५४ वटा सहयोग स्वरुप उपलब्ध गरेका स्याउका विरुवा ग्रहण गर्दै र रोप्दै स्याउ रोपण अभियानको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य भरत सी,पोलिट व्यूरो सदस्य आदर्श सी,असल सी, नेकपाका केन्द्रीय सदस्यहरु विराट,विबेक,बलवान, अर्जुन,अडिक,दिनेश, प्रभाजित,समाज कृष्ण सी,पत्रकार,जनप्रतिनिधि लगायतको उल्लेखिय सहभागीता रहेको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता प्रभाजित सीले गरेका थिए भने संचालन समाज सीले गरेका थिए ।

प्रतिक्रियाहरु