‘ समाजवादी व्यवस्थाले मात्र राजनीतिक स्थिरता दिन सक्छ’

२०८० फाल्गुन २४ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पाटीका महासचिव विप्लव सीले देशमा राजनीतिक अस्थीरता बढ्दै गएको उल्लेख गर्दै नेपाली विशेषताको समाजवादले मात्र स्थिरता दिन सक्ने ठोकुवा गरेका छन । जुम्ला र कालिकोटमा स्याउ रोप्न जाने क्रममा बिहिबार दैलेखको राकममा आयोजना गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सीले नेपाली विशेषताको समाजवादले मात्र नेपाललाई स्थीरता तिर लिने बताउदै भने – ‘सरकार बदलिरहेको छ ,कतिबेला कस्को सरकार हुने हो थाहा छैन, यो निकै हलचल र अस्थिरता छ । यसलाई हटाउन समाजवादी व्यवस्था नै चाहिन्छ । नेपालमा राजनीतिक क्रान्ति पुरा भएको छैन,सत्तामा आमुल परिवर्तन भएको छैन,जसले गर्दा नेपालमा राजनीतिक अस्थीरता जारी छ । यसलाई रोक्न नेपालका सबै राजनीतिक दलहरुले नेपाली जनताको चाहाना वमोजिम नेपालमा समाजवादी व्यवस्थामा जानुपर्छ ।’
महासचिव विप्लव सी ले पार्टीकोे आत्मनिर्भर उत्पादनको नीति अनुसार जुम्ला र कालिकोटमा स्याउ रोप्न जान लागेको भन्दै स्याउ रोप्ने योजनामा सरकारले सहयोग नगरेको पनि गुनासो गर्दै भने- ‘कानुनले स्याउका विरुवा दिन मिलेन रे । यो कस्तो कानुन हो ? गर्छौ भन्ने मान्छेलाई सहायोग दिने छैन, उता स्याउका विरुवा थन्किने तर हामीले माग्दा सरकारले दिन सकेन ।’

प्रतिक्रियाहरु