जापानी रोबोट चन्द्रमामा सफलतापूर्वक अवतरण

२०८० माघ ७ गते, आईतवार

काठमाडौँ । जापानी रोबोटले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । यो उपलब्धिले अमेरिका, रुस, चीन र भारतपछि पृथ्वीको प्राकृतिक भू–उपग्रहमा सफ्टल्याण्ड गर्ने जापान पाँचौँ देश बनेको छ । स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ले आफूलाई भूमध्यवर्ती क्रेटर नजिकै चन्द्रमाको सतहमा बिस्तारै राख्न सफल भएको जापानको अन्तरिक्ष एजेन्सीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । तर इन्जिनियरहरू अहिले मिसन बचाउन संघर्ष गरिरहेका छन् । यसको सौर्य उर्जा प्रणालीको समस्याले मिसन खतरामा परेको छ । यसअघि भारत चन्द्रमाको दक्षिणी ध्रुवनजिकै मानवरहित यान अवतरण गराउने पहिलो देश बनेको थियो । यसै महिना अमेरिकी निजी कम्पनी एस्ट्रोबोटिकको पेरेग्रिन चन्द्र ल्यान्डरले उडान भरेपछि इन्धन चुहिएपछि उसको मिसन असफल भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु