पटाका विस्फोट हुँदा ४ जनाको मृत्यु !

२०८० जेष्ठ १३ गते, शनिबार


काठमाडौँ । उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन् । सो विस्फोट दिउँसो ४ बजे भएको थियो । सो समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शंकास्पद आतिशबाजीको नमूना सङ्कलन गरेर परीक्षण गरिरहेका थिए ।
प्रारम्भिक अनुसन्धान अनुसार घटनास्थलमा ११ जना थिए । हालसम्म नौ जनाको उद्धार गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रियाहरु