नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीद्वारा सहिद-बेपत्ता परिवारलाई सम्मान

२०७९ फाल्गुन २० गते, शनिबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले सहिद सप्ताह फागुन (१४-२१ गते) अन्तर्गत शनिवार सैनामैनाको दरखासीमा जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ बाट सुरु भएको जनयुद्धमा ०५२ साल फागुन १४ गते तात्कालीन राज्यद्वारा माओवादी कार्यकर्ता १२ वर्षिय दिलबहादुर रम्तेल मारिएका थिए भने तत्कालीन झापा विद्रोहमा ०२८ साल फागुन २१ गते सुखानीको जंगलमा ४ जनालाई राज्यद्वारा मारिएका थिए । तिनै दिनहरुलाई सम्झेर पार्टीले फागुन १४ देखि २१ गतेसम्म हरेक वर्ष सहिद सप्ताह विविध कार्यक्रम गर्दै आएको छ। सप्ताह अन्तर्गत सहिद-बेपत्ता परिवार भेटघाट छलफल सम्मान लगाएतका कार्यक्रम पार्टीले गर्दै आएको छ। हजारौंको बलिदानी हजारौं बेपत्ता एवं घाईते योद्धाहरुको बलमा भएको जनयुद्धले यो मुलुकमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता संविधान सभाद्वारा नयाँ संविधान लगायतका मुद्धाहरु स्थापित भए पनि सहिद-बेपत्ता परिवारका पीडाहरु भने उस्तै रहेको गुनासो परिवारजनको छ ।
उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि नेकपाका पाेलिट ब्युरो सदस्य एवं पूर्वी लुम्बिनी व्युरो इन्चार्ज प्रज्ज्वलन सीले जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गरेका छन् । “चाहे राणाका विरुद्धका संघर्षमा भएका सहिद हुन् चाहे झापा विद्रोह र जनआन्दोलनमा भएका सहिद हुन् अनि नेपाली जनयुद्ध र एकीकृत जनक्रान्तिमा भएका सहिद हुन् ती सबैको मुलुकको परिवर्तन र रुपान्तरणका निम्ति संघर्षमा भएको साहदती भएकोले सबैलाई राष्ट्रिय सहिद घोषणा गरिनु पर्छ ।” नेता प्रज्जवलनले भने ।
जनयुद्धलाई अपराधिकरण गर्न खोज्नेहरुलाई सचेत गराउँदै नेता प्रज्जवलनले भने, “जनयुद्ध नभएको भए ती सबै जेलमा हुन्थे न त गणतन्त्र आउँथ्यो न त सिमित भए पनि यिनी अधिकार आउँथे । तपाईं हाम्रो यो पीडा एकातिर जनयुद्धलाई संस्थागत गर्न नसक्नुका कारण हो भने अर्को तिर जनयुद्धमा भएका संघर्षलाई विषयान्तरण गर्ने प्रवृति अनि आन्दोलनमा भएको टुटफुट विभाजनले पनि हो । यसको पछाडि नेतृत्वको मुख्य दोष रहेको छ । यसमा नेतृत्व चुकेको कुरालाई समिक्षा गरेर अगाडि बढेमा फेरी नेपालको माओवादी कम्युनिस्ट आन्दोलन एक ठाउँमा आउने सम्भावना छ । साथै बैदेशिक हस्तक्षेप र जनजीविका अनि आर्थिक संकटका मुद्धामा पनि एक ठाउँ हुन जरुरी छ ।”
यस्तै कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज शरद सी, सहिद बेपत्ता परिवार केन्द्रीय सचिव जया सी, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराई लगायतले बोल्दै जनयुद्धाका मुद्धाहरुलाई संस्थागत गर्दै सहिदका सपनाहरु पूरा गरेर मात्रै सहिद परिवारप्रति सच्चा सम्मन हुने विचार ब्यक्त गरेका थिए ।
सम्मान कार्यक्रममा तत्कालीन जनयुद्धमा रुपन्देहीबाट सहिद तथा बेपत्ता भएका करिब ७० जनाको परिवार मध्ये ४५ परिवार उपस्थित भएर सम्मान गरेको नेकपा रुपन्देही सेक्रेटरी विरेन्द्र सीले बताएका थिए ।
कार्यक्रम जिल्ला सेक्रेटरी विरेन्द्र सीको अध्यक्षता जिल्ला सदस्य तेजेन्द्र सीको संचालन र जिल्ला सदस्य भक्त सीको स्वागतमा सम्पन्न भएको थियो।

विनोद खनाल

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु