अखिल (क्रान्तिकारी) द्वारा मेडिकल कलेजविरुद्ध प्रदर्शन

२०७९ फाल्गुन १३ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकटअखिल(क्रान्तिकारी)ले मेडिकल कलेजहरुको मनोमानी र अनियमितता विरुद्ध भैरहवामा प्रदर्शन गरेको छ । भैरहवाको जिल्ला प्रशासन कार्यलयबाट शुरु गरिएको विरोध र्याली युनिभर्सल मेडिकल कलेजमा पुगेर क‍‍ोण सभामा परिणत भएको थियोे । सभामा बोल्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश सीले मेडिकल माफिया विरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् । एमबिबिएस र बिडिएसका बिधार्थीहरुलाई चिकित्सा शास्त्र अध्ययन संस्थानले(IOM) ले ब्यारियर सिस्टमको नाममा बिधार्थी निष्कासन गर्नु र मेडिकल कलेजहरुले ५ बर्षको शुल्क लिनु न्याय संगत नभएको भन्दै कारबाहीको माग गरेका छन् ।
अध्यक्ष प्रकाशले विद्यार्थीका समस्या बारेमा आफ्नो संगठनले देशभरी आन्दोलन गर्ने घोषणा समेत गरेका छन् । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् रुपन्देही जिल्ला इन्चार्ज सरद सी,जिल्ला सेक्रेटरी विरेन्द्र सी,चिकित्सा शिक्षा संघर्ष समितिका नेता राजिव दास,अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य बिष्णु रावत क्षेत्री,अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य योगेन्द्र यादव लगायतले मेडिकल माफिया विरुद्ध शंसक्त आन्दोलनको आवश्यकता रहेको बताएका थिए ।
कोणसभा पछि संगठनले भैरहवा मेडिकल कलेजका प्रिन्सिपल हेमन्त हलुवाईलाई भेटेर ज्ञापनपत्र समेत बुझाएको थियो भने कलेजका प्रमुख प्रशाशकिय अधिकृत कमल ढकाललाई भेटेर पिडित बिधार्थीका माग प्रति गम्भीर र जिम्मेवार बन्न ध्यानाकर्षण गराईएको बताईएको छ ।

प्रतिक्रियाहरु