चिनियाँ नयाँ वर्ष सुरू

२०७९ माघ ८ गते, आईतवार


काठमाडौ । चन्द्रमासमा आधारित चिनियाँ नयाँ वर्ष आजबाट सुरू भएकाे छ । चिनियाँहरुले वसन्त उत्सव भन्ने यो पर्व २ हप्तासम्म मनाउने गर्दछन् । कोरोनाका कारण पछिल्ला ३ वटा नयाँ वर्ष मनाउन नपाएका चिनियाँहरुले यस पटक धुमधामसँग खरायो वर्गको नयाँ वर्षलाई स्वागत गरिरहेका छन् । चीनमा नयाँ वर्षको अवसरमा एक हप्ता लामो बिदा हुने गर्छ ।
चीन मात्रै नभई सिंगापुर, मलेसिया, भियतनाम, कम्बोडिया, लाओस, थाइल्याण्ड र मंगोलियासहित दक्षिण पूर्वीएशियाका अधिकांश देशहरुमा यो पर्व मनाउने गरिन्छ । विश्वभर डेढ अर्ब भन्दा बढी मानिसहरुले यो पर्व मनाउने भएकाले विश्वकै ठूलो पर्वको रुपमा पनि लिने गरिन्छ ।
करिब १ अर्ब चिनियाँहरुले यो पर्वको अवसरमा यात्रा गर्ने अनुमान गरिएको छ । चीन सरकारले गत महिना कोभिड नीति खुकुलो बनाएकाले नयाँ वर्षको अवसरमा करोडौं चिनियाँ परिवारबीच पुनर्मिलन हुने भएको छ । नयाँ वर्षको स्वागतका लागि चीन लगायतका देशहरुमा सडक महोत्सवहरु समेत भइरहेका छन्। -एजेन्सी

प्रतिक्रियाहरु