युरोपियन युनियनद्वारा रूसी कच्चा तेलको मूल्य घटाउने निर्णय

२०७९ मंसिर १७ गते, शनिबार

काठमाडौं । युरोपियन युनियन (इयू) ले रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने सम्झौता गरेको छ । कच्चा तेलको बिक्रीबाट रुसलाई हुने आम्दानी घटाउने र विश्वव्यापी रुपमा भएको मूल्यवृद्धि रोक्न इयूले सोही सम्झौता गरेको जनाएको हाे। रुसमाथिको प्रतिबन्धलाई कायमै राख्न सो मूल्य निर्धारण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । करिब १ वर्षदेखि रुसले युक्रेनमा जारी राखेको आक्रमणको विपक्षमा रहेको इयूले पटक-पटक आग्रह गर्दा पनि रुसपछि नहटेपछि कच्चा तेलको मूल्य घटाएर उसलाई दवाव दिएको इयूमा आवद्ध सदस्य राष्ट्रहरुले जनाएका छन् ।
युक्रेनलाई अझै केही समय मानवीय सहायताको आवश्यक रहेकाले त्यसकाे परिपूर्तिका लागि पनि तेलको मूल्य घटाइएको कतिपयले विश्लेषण गरेका छन् । इयूको सोही निर्णयलाई सबै सदस्य राष्ट्रहरुले अनुमोदन गरे लगत्तै लागू हुने छ । यो सम्झौताले पश्चिमी प्रतिबन्धहरुका लागि महत्वपूर्ण कदम मानिने छ । जसले मूल्यवृद्धि रोक्न तेलको विश्वव्यापी बजारलाई पुनः व्यवस्थित गर्ने लक्ष्य राखेको जनाइएकाे छ । सोही सम्झौता तत्काल लागू हुने अधिकारीहरुले बताएका छन् । सम्झौतासँगै सदस्य राष्ट्रहरुले मात्र तोकिएको मूल्यमा कच्चा तेल खरिद गर्न पाउने छन् ।

प्रतिक्रियाहरु