नेकपाद्वारा काठमाडौँमा भेटिएका बम आफूले नराखेको स्पष्टोक्ति

२०७९ मंसिर ३ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँका विभिन्न ठाउँमा भेटिएका बम आफूले नराखेको स्पष्ट पारेको छ । नेकपा काठमाडौँ जिल्ला समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी र नेतृत्वको बदनाम गराउन बम राखेको भन्दै प्रचार गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।
काठमाडौँको विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेको भनि हाम्रो पार्टी विशेषत काठमाडौ जिल्ला पार्टीको लिडरसिप र जिल्ला पार्टीलाई सुनियोजित ढंगले बदनाम गर्न खोजिएको विज्ञप्तिमा जनाइएको छ ।
जिल्ला सेक्रेटरी तुलसीनारायणले एक विज्ञप्ति जारी गर्दै पार्टी र नेतृत्वलाई बदनाम गर्न केही राष्ट्रिय मिडिया, केही अनलाइन मिडिया र सामाजिक संजाल मार्फत सार्वजनिक भएको समाचार प्रति काठमाडौ जिल्ला पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले यस्ता तथ्यहिन, कपोकल्पित, समाचारप्रति नलागि पार्टी केन्द्रको योजना मुताविक शान्तिपूर्ण भण्डाफोर कार्यक्रम गर्दै जनताको व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था स्थापनार्थ निरन्तर लागि पर्न सबै पार्टी पंति, नेताकार्यकर्ता र आम जनसमुदायलाई हार्दिक अनुरोध गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु