यू-१९ महिला विश्वकप क्रिकेट हुँदै

२०७९ कार्तिक २८ गते, सोमबार

काठमाडौं । नेपाल र बंगलादेशले सन् २०२७ को आईसीसी यू-१९ महिला विश्वकप क्रिकेट संयुक्तरुपले आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को आइतबार बसेको बैठकले सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो । प्रतियोगिताको सह-आयोजक भएपनि नेपालले प्रतियोगितामा सहभागिताको लागि भने छनौट चरण पार गर्नुपर्नेछ ।
त्यस्तै २०२५ को यू-१९ महिला विश्वकप क्रिकेट मलेसिया र थाइल्याण्डमा संयुक्तरुपले आयोजना हुने भएकाे छ । २०२४ को आईसीसी यू-१९ पुरुष विश्वकप श्रीलंका तथा २०२६ को यू-१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्ने जिम्मा पाएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु