बुर्किना फासोमा पुन: सैनिक ‘कू’

२०७९ आश्विन १५ गते, शनिबार


काठमाडाैं । अफ्रिकी मुलुक बुर्किना फासोको सेनाले सैन्य नेता पाउल हेनरी दामिबाको सरकार अपदस्थ गरेको छ । सरकार विधटनसँगै सेनाले संकटकाल लगाएको छ । सेनाका क्याप्टेन इब्राहिम ट्रोरेले राष्ट्रिय टेलिभिजनमा सम्बोधनमार्फत सत्ता हात लिएर संक्रमणकाल लगाएको घोषणा गरेको हो । उहाँले देशमा बिग्रँदै गएको सशस्त्र विद्रोहको सामना गर्न नसक्ने कारण दामिबालाई हटाउनुपरेको बताएका छन् । नयाँ सरकार गठन भएसँगै कर्फ्यू लगाइएको छ भने विभिन्न नाकाहरू बन्द गरिएको छ ।
त्यसैगरी सबै राजनीतिक दल र नागरिक समाजका गतिविधिहरूलाई पूर्ण रूपमा बन्देज लगाइएको छ । पश्चिमी अफ्रिकी मुलुकका लागि ८ महिनामा यो दोस्रो पटक सत्ता परिवर्तन भएको हो । दामिबाले यसअघि जनवरीमा पूर्व राष्ट्रपति रोच काबोरलाई अपदस्थ गरी सत्ता लिएको थियो । त्यसलगत्तै मुलुकको सुरूक्षा व्यवस्था खलबलिएको भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेका थिए । अस्थिर सरकारको फाइदा उठाउँदै विद्रोही बुर्किना फासोले अलकयदासँग सम्बन्धित केही विद्रोही समूहहरूलाई आफ्नो नियन्त्रणमा लिन संघर्ष गरिरहेको छ । सो क्रममा भएका हिंसात्मक गतिविधि बढेको भन्दै चिन्तासमेत व्यक्त गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु