जातिय विभेदको पराकाष्ठा : नवरात्री बस्न गएका सुनारमाथि कुटपीट र लुटपाट

२०७९ आश्विन १३ गते, बिहीबार


काठमाडाैं । बाजुरामा नवरात्री बस्न गएका टेकेन्द्र सुनारलाई वडा अध्यक्षको समुहले जातिय विभेद गर्दै कुटपीट र लुटपाट गरेको छ । बाजुराको त्रिबेणी नगरपालीका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध ऐडीको समुहले मंगलबार नाट्यश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा जातिय विभेद गर्दै उनिसंग भएको नगद ६० हजार लुटपाट गरेको पीडित सुनारले बताएका छन ।बाजुराको त्रिबेणी नगरपालीका वडा नम्बर ९ पैमामा रहेको नाट्यश्वरी मन्दिरमा मंगलबार पूजा सामाग्री लिएर गएको समयमा जातिय विभेद जन्य शब्द प्रयोग गरी कुटपीट गर्नुका साथै नगद साठीहजार लुटेर लगेको उनले रुदै जानकारी गराए । वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध ऐडी र मन्दिरका पूजारी रङग उपाध्याय विरुद्ध पीडित सुनारले ईलाका प्रहरी कार्यालय पैमामा जातिय विभेद र लुटपाट सम्बन्धी जाहेरी दिएको र नगरपालीकाकी कार्यपालीका सदस्य विनिता मीजारको घरमा आश्रय लिई रहेको समेत जानकारी गराए ।घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पैमामा बुझदा चौकीका ईन्चार्ज असई मीठ्ठु बोहराले मन्दिरका पूजारी रंग उपाध्याय लगायतको तीन जनाको नाम्मा निवेदन परेको जानकारी गराउदै उनिहरुको खोज तलाश भई रहेको जानकारी गराउनु भयो । निबेदन आई सकेपछि हामी विहानै देखि खोजतलाशमा लागेका छौ ,फोन पनि स्विचअफ भएकाले उनिहरुलाई भेटाउन सकेका छैनौं पक्राउ गरेर जिल्ला नै पठाउने हो असई बोहराले भन्नुभयो ।स्थानीय सुरेन्द्र मीजारले जातिय विभेद गरेर लुटपाट समेत गरिएको जानकारी गराउदै ईलाका प्रहरी कार्यालयले उनिहरुको खोजीकार्य गरी रहेको जानकारी गराए । उनले कुटपीटबाट सुनारको आँखा कान नाक र पीठ्युमा चोट लागेको जानकारी गराए । बाजुराको बुढीगंगा नगरपालीका वडा नम्बर ५ नौविस नुवाघर घर भई हाल कञ्चनपुरको भिम दत्त नगरपालीका वडा नम्बर ७ हल्दुखाल बस्दै आएका सुनारले नवरात्री पूजाकै लागी गृह जिल्ला गएको बताउदै नवरात्री बस्न गएकै दिन जातीय विभेद गर्दै कुटपीट र लुटपाट गरिएको बताए ।कञ्चनपुरमा अटो रिक्सा चलाउदै आएका ५२ बर्षीय सुनारले रुदै आफुले लगेको २० हजारको पूजाको सामाग्री नष्ट गरि दिएको बताउदै आफुसंग भएको नगद ६० हजार समेत लुटेर लगेको बताए । घटना बारे जिल्ला प्रहरी कार्यालय बाजुरामा बुझ्न खोज्दा प्रहरी नायव उपरिक्षक र प्रहरी निरक्षक गीरेन्द्र बोगटीको फोन नउठेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार