कार धुने नेपालीले ३४ करोड ५० लाखको चिठ्ठा जिते !

२०७९ आश्विन ६ गते, बिहीबार


काठमाडौं । दुबईमा कार धुने काम गर्ने एक नेपालीले १० लाख दिराम (३४ करोड ५० लाख)को चिठ्ठा जितेका छन। मासिक १,३०० दिराम कमाउने दुई सन्तानका पिता ३१ वर्षीय भरतले ‘९४औँ महजुज साप्ताहिक र्‍याफल ‘ड्रमा १० लाख दिरामको चिठ्ठा जितेका हुन् । शीर्ष पुरस्कार विजेता भरतले आफ्नो नाममा बैंक खाता समेत नभएको बताए । उनले जितेको उक्त रकम नेपाली ३४ करोड ५० लाख नेपाली रुपैयाँ बराबर हुन जान्छ । बुधबार चिठ्ठा जितेपछि उनले आफूमा उत्साह अत्यधिक भएको जानकारी गराए । उनलाई महजुजका अपरेटर इविङ्ग्सका सीईओ फरीद सामजीले प्रतीकात्मक चेक दिएका हुन् । भरतले भने, ‘यो पुरस्कार (डीएच१० मिलियन) ले मलाई धेरै कुराहरू हासिल गर्न सक्षम बनाउँछ । यसले धेरै मानिसहरूको जीवन परिवर्तन गर्नेछ । म मेरो धितो र अन्य ऋणहरू जतिसक्दो चाँडो तिर्न तत्पर हुनेछु ।’
अर्कोतिर, अहिले करोडपति भए पनि भरतले आफू सादा जीवन बाँच्ने बताए । उनले थप्दै भनेका छन्, ‘मेरो लागि पाँच र तीन वर्षका दुई छोराछोरीको भविष्य सेट गर्नु महत्त्वपूर्ण छ ।’ उक्त चिठ्ठालाई उनले एक अविश्वसनीय चीज भनेका छन् ।
गल्फ न्युजका अनुसार पाँच विजयी नम्बरहरू (१६, २७, ३१, ३७, ४२) मिलाउने भरत शीर्ष पुरस्कार जित्ने पहिलो नेपाली र समग्रमा २८औँ महजुज करोडपति हुन्, जसमध्ये ६ जनालाई यस गर्मीमा जुन र सेप्टेम्बरको बीचमा उक्त चिठ्ठा परेको थियो । महजुजको तर्फबाट बोल्दै सामजीले भने, ‘हामीले महजुजमा नियमित रूपमा सहभागी हुने नेपाली समुदायमा अभूतपूर्व उत्साह देखिरहेका छौं । अहिलेसम्म महजुजका विजेताहरूमध्ये ३,२०० भन्दा बढी भाग्यशाली नेपाली सहभागी भइसकेका छन्, जसमध्ये २८ ले प्रथम र दोस्रो पुरस्कार प्राप्त गरेका छन् ।’

प्रतिक्रियाहरु