रुस र चीन सुरक्षा सम्बन्ध थप मजबुद बनाउन सहमत

२०७९ आश्विन ४ गते, मंगलवार

काठमाडौं । रुस र चीन सुरक्षा सम्बन्धलाई थप मजबुद बनाउन सहमत भएका छन् । रुसको राष्ट्रिय सुरक्षा परिषदका सचिव निकोलाई पात्रुसेभको बेइजिङ भ्रमणका क्रममा दुई देशबीच सुरक्षा सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने सहमति भएको हो । रणनीतिक साझेदारी गर्ने तथा आपसी सहयोगलाई अरु ब्यापक बनाउने सहमति भएको बताइएको छ ।
रुसी र चिनियाँ चासो र हितलाई बेवास्ता गर्नेहरु तथा अतिवादीहरुलाई ठेगान लगाउन सूचनाहरु आदान प्रदान गर्ने सहमति समेत भएको छ । रुसलाई उसका संवेदनशील विषयहरुमा बलियो साथ दिने बचन चिनियाँ राष्ट्रपति सी जिनपिङले दिनुभएको वार्तापछि जारी वक्तब्यमा उल्लेख गरिएकाे छ । तर युक्रेन युद्धको प्रसंग भने कतै पनि उल्लेख गरिएको छैन् । रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र चिनियाँ राष्ट्रपति सीबीच गत साता उज्वेकिस्तानमा भएको भेटवार्ता लगत्तै सुरक्षा सम्बन्धि बैठक भएको हो ।

प्रतिक्रियाहरु