भारतको उपराष्ट्रपतिमा जगदीप निर्वाचित

२०७९ श्रावण २२ गते, आईतवार

काठमाडौं । भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित भएका छन । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका पश्चिम बंगालका पूर्वगभर्नर धनखडले विपक्षी गठबन्धनका उम्मेदवार मार्गरेटलाई पराजित गरी उपराष्ट्रपति बन्न सफल भएका हुन् । धनखडले ५ सय २८ मत प्राप्त गर्दा विपक्षी मार्गरेट उम्मेदवारको पक्षमा १ सय ८२ मत परेको थियो । सत्तारूढ गठबन्धनकोतर्फबाट राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भईसकेकी छिन ।
भारतको १४ औं उपराष्ट्रपति बनेका धनखडले यही अगस्ट ११ मा पदभार ग्रहण गर्ने छन ।

प्रतिक्रियाहरु