नेकपा धादिङको पाँचौं पूर्ण बैठक सम्पन्न

२०७९ असार ६ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी धादिङको पाँचौं पूर्ण बैठक नवौं राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न गर्ने निर्णयसहित सम्पन्न भएको छ । असार ५ गते आइतबार जिल्ला सदरमुकाम धादिङवेशी स्थित पार्टीको जिल्ला सम्पर्क कार्यालयमा बसेको बैठक जिल्ला पार्टी सेक्रेटरी सिर्जनको अध्यक्षता सम्पन्न भएको थियो । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज माइला लामाको प्रमुख आतिथ्यता, पूर्व जिल्ला सेक्रेटरी कुशल बोगटी र विशेष जिल्ला सेक्रेटरी मिङ्मारको उपस्थित रहेको थियो ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले पार्टी क्रान्तिप्रति प्रतिबद्ध रहेकोले बाहिरी हल्लाको पछि नलागी पार्टीको केन्द्रीय नीति अनुरुप कामकारबाही अगाडि बढाउन पर्ने बताए । आफ्नो पार्टीले स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको स्विकार्दै लामाले भने, “बाहिर हल्ला गरेको जस्तो हाम्रो पार्टी संसदवादी नभएकोले कार्यकर्ता र शुभचिन्तकहरु निरास हुन जरुरी छैन । आगामी चुनावमा पनि पार्टी दर्ता गरेर चुनावमा भाग लिदैनौँ ।”
इञ्चार्ज लामाले पार्टीको ९ औं राष्ट्रिय महाधिवेशनलाई केन्द्रमा राखेर महाधिवेशन विशेष अभियानमा लाग्न जिल्लाका नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार