कामीरीताको अर्को कीर्तिमान : २६औं पटक सगरमाथा आरोहण

२०७९ बैशाख २५ गते, आईतवार

काठमाडौं । कामीरीता शेर्पाले २६ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटका अनुसार आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार (आज) शेर्पा सगरमाथा शिखरमा पुगेका हुन् । शेर्पासहितको टोली सगरमाथा आरोहणका लागि बाटो बनाउँदै, डोरी टाँग्दै शिखरमा पुगेको हो । सन् १९७० मा सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । शेर्पाले २०१८ मे १६ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए । शेर्पाले पहिलो पटक सन् १९९४ मे १३ मा सगरमाथा चुचुरो चुमेका थिए । उनको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमानसमेत रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

४८० जनाद्वारा सगरमाथाको आरोहण

२०७९ जेष्ठ ४ गते, बुधबार

पर्यटकका लागि सटल बससेवा

२०७९ बैशाख २८ गते, बुधबार