‘खोपले ओमिक्रोन संक्रमितलाई अस्पताल जानबाट जोगाउँछ’

२०७८ मंसिर २२ गते, बुधबार


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अहिले प्रयोगमा आइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने जनाएको छ । अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा. माइक रायनले बताएका छन् ।
प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्रोन स‌क्रमितहरुमा गरिएको एउटा ल्याब परीक्षाणमा अहिले प्रयोगमा ‌आएकै खोपले काम गर्ने देखिएको हो । चलन चल्तिमा आएका खोप कति हदसम्म प्रभावकारी हुन्छन भन्ने बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रियाहरु