आङ सान सुचीलाई ४ वर्षको जेलसजाय !

२०७८ मंसिर २० गते, सोमबार


काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्षको जेलसजाय सुनाइएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा उनी दोषी पाइएको सैनिक सरकारले जनाएको हो । ७६ वर्षीया सुचीमाथि अन्य ११ आरोपसमेत लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएको छ । सुचीले भने आफूमाथि लगाइएका आरोपहरु निराधार रहेको वताउँदै आएकी छिन् । गत फेब्रुअरीमा म्यानमार सेनाले कु गरी सत्ता हत्याउनुपूर्व सुचीले निर्वाचित नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । सेनाले चुनावमा धाँधली भएको उल्लेख गर्दै सत्ता हत्ताएको थियो । चुनावमा सुचीको नेसनल डेमोक्रेटिक लिगले बहुमत ल्याएको थियो । त्यति बेलादेखि सुचीलाई घरमै नजरबन्द गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु