पुर्ण खोप लगाएकाले अष्ट्रेलियामा प्रवेश पाउने !

२०७८ मंसिर ६ गते, सोमबार


काठमाडौँ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सोमबार विहान पत्रकार गर्दै पूर्ण खोप लगाएकाहरुलाई डिसेम्बरवाट प्रवेश दिइने जानकारी दिएका हुन । महामारीका कारण बन्द सीमा अष्ट्रेलियाले झण्डै दुई वर्षपछि खुला गर्ने भएको हो । प्रधानमन्त्री मोरिसनका अनुसार अष्ट्रेलियाको भिसा भएका, अन्र्तराष्ट्रिय विद्यार्थी र दक्ष कामदारले डिसेम्बरवाट प्रवेश अनुमति पाउनेछन । यसवाट नेपाली विद्यार्थीहरु पनि लाभान्वित हुनेछन । अहिले करिब ३ हजार ८ सय नेपाली विद्यार्थी भिसा लिएर अस्ट्रेलिया प्रवेशको पर्खाइमा रहेका छन । दक्ष कामदार र विद्यार्थीहरूको फिर्ता हुँदा मुलुकको अर्थतन्त्रमा सहयोग पुग्ने प्रधानमन्त्री मोरिसनको भनाइ छ । अष्ट्रेलिया सरकारको पछिल्लो घोषणावाट २ लाख ३३ हजार मानिस लाभान्वित हुने बताइएको छ । एक लाख भन्दा बढी पर्यटक भिसालाई पनि प्रवेश अनुमति दिने बताइएको छ । अष्ट्रेलियाले नोभेम्बर एकबाट अष्ट्रेलियाबाट अन्तर्राष्ट्रिय यात्रा सुचारु गरिसकेको छ । अष्ट्रेलियामा १६ वर्षभन्दा माथिका योग्य जनसंख्यामध्ये ८५ प्रतिशतभन्दा बढीले पूर्ण खोप लगाएका छन् भने ९१ दशमलब ५ प्रतिशतले एउटा डोज पाएका छन् । खोप उच्चदरमा लगाइएका कारण यात्रा प्रतिबन्ध फुकुवा गरेको अष्ट्रेलियाको भनाइ छ ।

प्रतिक्रियाहरु