बिमल उप्रेतीको बदमाशी : स्वास्थ्य उपकरणमार्फत् लाखौं ठगी

२०७८ मंसिर ५ गते, आईतवार

काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा ब्यापक भ्रष्टाचार गरी उम्कन सफल भएका बिमल उप्रेतीको अर्को ठगीधन्दाको खुलाशा भएको छ । भ्रष्टाचारमा कारबाही हुने भएपछि सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्रमुख लेखापालबाट राजिनामा गरी म्याक्स मेडिटेक सिस्टम प्रालि खडा गरी उप्रेतीले ठगीधन्दा मच्याएको स्रोतले दावी गरेको छ ।

यसैबीच, म्याक्स मेडिटेक सिस्टम प्रालिका डाइरेक्टर बिमल उप्रेतीले २०७५ सालदेखि नै देशका प्रमुख शहरमा बिभिन्न निःशुल्क स्वास्थ्य परीक्षण शिबिर संचालन गरी स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्रीमा ठगी गरेको खुलाशा भएको छ । म्याक्स मेडिटेकले २०७५ सालदेखि नै देशका बिभिन्न शहरमा निःशुल्क श्रवण परीक्षण शिबिर संचालन गरी गुणस्तरहीन स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री भिडाएको पीडितहरुले गुनासो गरेका छन् । म्याक्स मेडिटेकले निःशुल्क श्रवण परीक्षण शिबिरमा कान कम सुन्ने र कान कराउने समस्या भएका बिरामीहरुका लागि अत्याधुनिक सेवा दिने र स्वास्थ्य समस्या समाधान गरी दिने बताउँदै आपूmले भित्र्याएका स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री बिरामीहरुलाई भिडाएको थियो । उसले आफ्ना स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्रीको ग्यारेन्टी लिने बताउँदै ति सामग्री भिडाएको पीडितले बताएका छन् । म्याक्स मेडिटेकले ग्यारेन्टी दिँदै उपलब्ध गराएको उपकरणमा खराबी आएपछि समाधानको लागि सम्पर्क गर्दा बिभिन्न बहानामा आलटाल गरेको र हाल आएर उक्त सेवा बन्द गरेको जवाफ दिने गरेको पीडितहरुको गुनासो छ ।

पीडितका अनुसार म्याक्स मेडिटेकले निःशुल्क श्रवण परीक्षण शिबिरमा आपूmले उपलब्ध गराएको स्वास्थ्य उपकरणको सर्भिस र मर्मत सेवा समेत उपलब्ध गराउने प्रत्याभूति दिलाएको थियो । म्याक्स मेडिटेकले सम्बन्धित रोगको बिज्ञ डाक्टर राखी भविष्यमा रोगीलाई सहज सेवा उपलब्ध गराउने ग्यारेन्टी समेत लिने बताएको थियो । तर, हाल आएर उसले न बिज्ञ डाक्टरको व्यवस्था गरेको छ, न ती स्वास्थ्य उपकरणको सर्भिस तथा मर्मत सेवा नै उपलब्ध गराएको छ । म्याक्स मेडिटेकको यो ठगीधन्दाले आपूmहरुको स्वास्थ्य मात्र नभई धनमा समेत क्षति पु¥याएको पीडितहरुको गुनासो छ । म्याक्स मेडिटेकको यस्तो ठगीधन्दामा कसले लगाम लगाउला भन्दै एक पीडितले यसरी जनातको स्वास्थ्यसँग खेलवाड गर्ने संस्था र व्यक्तिलाई सम्बन्धित निकायले तत्काल कारबाही गर्नुपर्ने बताए । उनले म्याक्स मेडिटेकले जनाताको स्वास्थ्यलगायत राज्यलाई समेत ठगी गरेको प्रमाण आपूmसँग सुरक्षित भएको दावी गरे । उनका अनुसार म्याक्स मेडिटेकले कारोबारअनुसार राजस्व नतिरेको र अबैध ढंगबाट स्वास्थ्य उपकरण र सामग्री भित्र्याउने कार्य गरेको सूचना आपूmले पाएको दावी गर्दै यस्ता मेडिकल माफियाका बारेमा राजस्व अनुसन्धान बिभाग र प्रहरीको सिआइबीले समेत छानबिन थाल्नु पर्ने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

कक्षा १२ को परीक्षा सुरु

२०८१ बैशाख १४ गते, शुक्रबार

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार