सेनालाई सत्ता समाल्न अपिल गदै प्रदर्शन !

२०७८ आश्विन ३१ गते, आईतवार


काठमाडौं । सुडानमा हजारौं जनताले देशको शासन सेनाले सम्हाल्न अपील गर्दै प्रदर्शन गरेका छन् । सुडानको खार्तुममा भेला भएका प्रदर्शनकारीहरुले देशको अहिलेको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै सेनालाई सत्ता समाल्न अपिल गरेका हुन् । सुडानमा अहिले सेना र नागरिक समुहको संयुक्त सरकार रहेको छ । सन् २०१९ मा राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि सुडानमा संक्रमणकालिन संयन्त्रले शाषन गरिरहेको छ । देशका कडा सैन्य सरकारको आवश्यता रहेको भन्दै प्रदर्शनकारीहरुले बर्तमान सरकारको ज्यादती सैह्य नहनुे जनाएका छन् । सेनाले पूर्णरुपले सत्ता नचलाएसम्म प्रदर्शन जारी राख्ने उनीहरुको अडान छ । हजारौं प्रदर्शनकारीहरु राष्ट्रपति निवास अगाडि भेला भएर प्रदर्शन गरिरहेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु