सबै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर बनाउन दबाब !

२०७८ आश्विन ८ गते, शुक्रबार

काठमाडौं । युरोपेली संघले सबै स्मार्ट फोनमा एउटै प्रकार अर्थात साझा चार्जर बनाउन दबाब दिएको छ। युरोपेली आयोगले एकै प्रकारको चार्जर भएमा हरेक पटक नयाँ फोन किन्दा नयाँ चार्जर पनि किन्नुपर्ने वाध्यता हट्ने, विद्युत खपत कम हुने र धेरै खेर जाने समस्या पनि कम हुने विश्वास लिएको छ। संघको यस दबाबले विश्वभरी धेरै प्रयोग भएको एप्पल फोनको उत्पादक कम्पनीलाई धक्का लाग्ने आकलन गरिएको छ । तर, एप्पल कम्पनीले भने आयोगको निर्णयले नयाँ अस्वीकार गर्न र विविधतालाई निरुत्साहित गर्ने दाबी गरेको छ ।
युरोपेली आयोगले मोबाइल फोन, ट्याबलेट तथा हेडफोनहरूका निम्ति साझा चार्जरसम्बन्धी मस्यौदा कानून पेश गरेको छ । जस अनुसार सबै मोबाइल चार्जरहरू युएसबि-सि कनेक्टर प्रकारको हुनुपर्ने नियम लागु हुनेछ ।एपल कम्पनीले सो निर्णयले संसारभरि उपभोक्तालाई हानि हुने बताएको छ । आयोगका कानुन निर्माताहरूले सबै उपकरणलाई उपयुक्त हुने उचित प्रकारको चार्जर बनाउने व्यवस्था गर्नुपर्ने माग झण्डै एक दशकदेखि उठाउँदै आएका थिए । एकै प्रकारको चार्जरको प्रयोगले वातावरण संरक्षणमा समेत ठूलो योगदान गर्न सक्ने उनीहरुको दाबी छ। -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु