अमेरिकाले आगामी नोभेम्बरदेखि यात्रा प्रतिबन्ध हटाउने

२०७८ आश्विन ५ गते, मंगलवार


काठमाडौँ । अमेरिकाले कोरोना महामारीकाबीच लगाइएको यात्रा प्रतिबन्धलाई आगामी नोभेम्बरदेखि फुकुवा गर्ने योजना अघि सारेको छ । ह्वाइट हाउसका कोभिड– १९ संयोजक जेफ जियन्ट्सले नयाँ नियम घोषणा गर्दै कोरोना महामारी नियन्त्रणमा देश भन्दा व्यक्ति नै सतर्क रहनु पर्ने भन्दै यात्रा प्रतिबन्ध फुकुवा गर्न लागेको जानकारी दिएका छन् ।
अमेरिकाले बेलायत, युरोपियन युनिएन र अन्य केही राष्ट्रहरुमाथि गत बर्षदेखि यात्रा प्रतिबन्ध लगाएको थियो । कोरोना बिरुद्धको पुर्ण खोप लगाएको र कोरोना परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका यात्रुहरुलाई अमेरिका प्रवेश गर्न दिइने भएको छ । अमेरिकाले शुरुमा चिनियाँ यात्रुमाथि लगाएको प्रतिबन्ध बिस्तारै बेलायत हुँदै अन्य राष्ट्रहरुमा पनि लागु गरेको थियो । १८ बर्ष मुनिका खोप नलगाएकाहरुको हकमा भने केही निर्णय गरिएको छैन । – एजेन्सी

प्रतिक्रियाहरु