अमेरिकी फौज इराकबाट फर्कने !

२०७८ श्रावण १२ गते, मंगलवार

काठमाडौँ । राष्ट्रपति जो बाइडनको घोषणा बमोजिम अमेरिकी सुरक्षा फौजले यो वर्षको अन्त्यसम्म इराक छाड्ने भएका छन् । अमेरिकी लडाकू सैनिकहरूले यस वर्षको अन्त्यसम्ममा इराक छाडिसक्ने बीबीसीले जनाएको छ । इराकी सेनालाई तालिम र सल्लाह दिनका लागि केही अमेरिकी सेनाहरू भने इराकमै रहने जनाइएको छ । इराकी प्रधानमन्त्री मुस्ताफा अल-खादिमीसँग ह्वाइट हाउसमा कुराकानी गरेपछि राष्ट्रपति बाइडनले यस्तो घोषणा गरेका हुन् । इराकमा हाल २ हजार ५०० अमेरिकी सैनिक छन् ।

प्रतिक्रियाहरु