जोनसन एण्ड जोनसनको खोप नेपाल आउदै

२०७८ असार २६ गते, शनिबार


काठमाडौँ । अमेरिकाले नेपाललाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउने भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उध्दृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार सो परिमाणको खोप शनिबार नेपाल आइपुग्नेछ । विपन्न र गरिब मुलुकलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने राष्ट्रपति बाइडेनको घोषणा अनुसार नेपालले उक्त परिमाणमा खोप प्राप्त गर्न लागेको हो । अमेरिकाले भुटानलाई पनि ५ लाख डोज मोर्डना खोप दिने भएको छ । नेपालमा सुरक्षितपूर्वक खोप पु¥याउन वैज्ञानिक समूह, कानूनी टीम र अधिकारीहरुले मिलेर काम गरिरहेको ह्वाइट हाउसका अधिकारीले बताएको रोयटर्सले जनाएको छ ।

प्रतिक्रियाहरु