काठमाडौं महानगरद्वारा बाढी पीडितका लागि २ करोड सहयोग

२०७८ असार ३ गते, बिहीबार

काठमाडौं । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने बताएका छन। मेयर शाक्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताएका छन् । हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उनले बताएका छन् ।
मंगलबार राति पहिरोले थुनिएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका धेरै ३र डुवानमा परेको छ र सयौं मानिस घरबारविहीन भएका छन् । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा पनि क्षति पुर्‍याएको छ । मेलम्ची नगरपालिका काठमाडौँ महानगरसँग भगिनी सम्वन्ध स्थापित नगर हो ।
यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत महानगरपालिकाले मेलम्ची नगरपालिका- १० मेलम्चीबजार नजिक इन्द्रावती नदी किनारमा मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार