दुई मन्त्रीसहित सत्तारुढ दलका चार नेता पक्राउ !

२०७८ जेष्ठ ३ गते, सोमबार


काठमाडौँ। नारदा स्टिङ घटनामा अनुसन्धान गरिरहेको सीबीआईले सोमबार बिहान भारतका दुई मन्त्रीसहित चारजनालाई पक्राउ गरेको छ । नारदा स्टिङ २०१४ को घटना हो । दिल्लीको एक पत्रकार कोलकातामा पुगेर आफूलाई एक व्यवसायी बताएका थिए । उनीसँग टीएमसीका सात सांसद, चार मन्त्री र एक विधाायक र एक प्रहरी अधिकारीलाई एक परियोजनाको लागि नगद पैसा दिएका थिए । यो पूरै घटनाक्रमलाई पत्रकारले स्टिङ अपरेसन बनाएका थिए । २०१६ को विधानसभा निर्वाचनअघि यो स्टिङ अपरेसनको भिडियो बाहिर आएको थियो । कोलकाता उच्च अदालतको आदेशमा सीबीआईले २०१७ मा आपराधिक मनसाय र भ्रष्टाचारको धाराहरूमा अनुसन्धान सुरु गरिएको थियो ।
यसमाका तीन जना भारतको पश्चिम बंगालको सत्तारुढ पार्टी तृणमुल कांग्रेसका रहेका छन् । उनीहरू सबैलाई आ–आफ्नो घरबाट पक्राउ गरेर निजाम प्यालेसमा अवस्थित सीबीआईको कार्यालयमा राखिएको छ ।
यी नेताहरूमा दुई मन्त्री फिरहाद हकिम र सुब्रत मखर्जीको अलावा पूर्व मन्त्री तथा भारतीय जनता पार्टीको नेता शोचा चटर्जी र टीमएसी विधायक मदन मन्त्री पनि छन् । राज्यपाल जगदीप धनखडले हालै सीबीआईले यी नेताहरूविरुद्ध मुद्दा दर्ता गराउन अनुमति दिएका थिए ।
नेताहरू पक्राउको सूचना पाउनेबित्तिकै पश्चिम बंगालकी मुख्यमन्त्री सीबीआईको कार्यालय पुगेकी थिइन् । सत्तारुढ टीमएसीले नेताहरू पक्राउ गर्नुलाई गैरकानुनी भनेको छ । पार्टीका प्रवक्ता कुणाल घोषले विना कुनै सूचना पक्राउ गर्नु गैरकानुनी भएको बताए । उनले किन पक्राउ गरिएको भन्दै प्रश्नसमेत गर्नुभएको छ ।
विधानसभा अध्यक्ष विमान बनर्जीले पनि पक्राउ गर्नु अवैधानिक भएको पक्राउ गर्न आफूसँग अनुमति निलइएको बताए । उनले राज्यपाललाइ नेताहरू पक्राउ गर्न अनुमति दिने अधिकार नभएको ठोकुवा गरेका छन् । चार नेतालाई पक्राउ गरेपछि हजारौंको संख्यामा पार्टी समर्थन सीबीआईको पार्टी कार्यालय अगाडि जम्मा भएर प्रदर्शन गरिरहेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु