वायु प्रदूषण उच्च : सर्तक रहन चिकित्सकको आग्रह

२०७७ चैत्र २४ गते, मंगलवार


काठमाडौं । जनस्वास्थ्यविदले केही दिन हल्का सुधार भएको काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरि उच्च तहमा पुगेपछी सावधानी अपनाउन सुझाव दिएका छन् । देशमा डढेलो, सवारी साधान तथा उद्योगबाट निस्किएको धुँवा तथा धुलो र वर्षाको कमीका कारण वायुमण्डलमा जमेको धुलोको कणका कारण वायु प्रदूषित बनेको हो । अहिले पनि काठमाडौँ विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा छ । आइक्यूएअरका अनुसार काठमाडौँको वायुको एक्यूआई (वायुको गुणस्तर सूचांक) आज ३१७ रहेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा रहनुपर्ने हो । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लुएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने उल्लेख गरेको छ ।
यसैगरी नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मान्ने गरिएको छ । गते बुधबार बेलुका काठमाडौँ उपत्यकासहित क्षेत्रमा पानी परेपछि वायु प्रदूषण केही कम भएको थियो। तर त्यसपछि पानी पर्ने क्रम रोकिएको र देशभर डढेलो बढ्दो क्रममा हुँदा वायु प्रदूषण फेरि उच्च विन्दूमा पुगेको हो । यसैबीच वायु प्रदुषण दर उच्च बिन्दुमा पुगेका कारण नेपालका आन्तरिक उडानहरु प्रभावित बनेका छन् । हिजो भरतपुर, पोखरा, भैरहवाको बिमानस्थलको भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको हो ।

प्रतिक्रियाहरु