१९ वर्षीया किशोरी मुख्यमन्त्री !

२०७७ माघ ११ गते, आईतवार


काठमाडौँ । भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया किशोरीलाई आज एकदिनका लागि मुख्यमन्त्री बनाइएको छ । राष्ट्रिय बालिका दिवसका अवसरमा उनलाई मुख्यमन्त्री बनाइएको हो । प्रतिकात्मक रूपमा हुने कार्यक्रम अन्तर्गत उनले बाल विधानसभा सत्रमा मुख्यमन्त्रीका रुपमा सरकारको र अन्य विभागहरुको कामको बारेमा जानकारी लिनेछिन् ।
यसक्रममा उनलाई मुख्यमन्त्रीकै रुपमा मानेर सरकारका विभागीय प्रमुखले आ–आफ्नो कामको प्रस्तुति दिनेछन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यस कार्यक्रममा सहभागी हुनेछन् । सृष्टिले सामाजिक सन्जालमार्फत आफूलाई एक दिनको मुख्यमन्त्री बन्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरेकी छिन् । राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बनेकी हुन् । कृषि विषयमा स्नातक गरिरहेकी सृष्टीका पिता गाउँमा सामान्य पसल चलाउँछन् । उत्तराखण्ड बाल संरक्षण आयोगको पहलमा उनलाई मुख्यमन्त्री बनाइएको हो । किशोरीहरुको सशक्तिकरणका लागि जागरुकता फैलाउने उद्देश्यले कार्यक्रम राखिएको हो । – एजेन्सी

प्रतिक्रियाहरु