बिश्वभरका जनप्रगतिशील मोर्चाद्वारा बास्तोलालाई तत्काल रिहा गर्न माग

२०७७ माघ ४ गते, आईतवार

काठमाडौँ । बिश्वभरका जनप्रगतिशील मोर्चाल नेकपाका सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभाव प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताको गिरफ्तारीको घोर भत्र्सना गर्दै बिनासर्त तत्काल रिहा गर्न माग गरेका छन् । यसैक्रममा युरोप र अमेरिकाभरि छरिएर रहेका क्रान्तिकारी नेपालीहरूको साझा सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा युरोप र अमेरिकाले नेकपाका सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभाव प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताको गिरफ्तारीको घोर भत्र्सना गर्दै बिनासर्त तत्काल रिहा गर्न माग गरेका छन् । युरोपमा रहेका सात र अमेरिकामा रहेको एकसहित आठ देशका मोर्चाहरूले संयुक्त भत्र्सना विज्ञप्ति जारी गर्दै नेकपा नेता कञ्चन एक सच्चा वामपन्थी, बुद्धिजीवि, विश्लेषक तथा चिरपरिचित व्यक्तित्व रहेको पनि स्मरण गराएका छन् । विज्ञप्तिमा विष्णु भुजेल (अध्यक्ष, नेपाल जनप्रगतिशील मोर्चा युरोप), डा. सुवर्णबाबु सापकोटा (महासचिव, नेपाल जनप्रगतिशील मोर्चा, युरोप तथा संयोजक, नेपाल जनप्रगतिशील मोर्चा पोल्यान्ड), बदन योङ्हाङ (उपाध्यक्ष, नेपाल जनप्रगतिशील मोर्चा युरोप तथा अध्यक्ष, नेपाल जनजाति सरोकार मञ्च बेल्जियम), मेख गुरुङ (अध्यक्ष, नेपाल जनप्रगतिशील मोर्चा बेल्जियम), शेरबहादुर तुम्बापो (अध्यक्ष, नेपाल जनप्रगतिशील मोर्चा जर्मनी), पूर्णबहादुर विश्वकर्मा (अध्यक्ष, नेपाल जनप्रगतिशील मोर्चा, पोर्चुगल), ईश्वर शर्मा (संयोजक, नेपाल जनप्रगतिशील मोर्चा, स्पेन), विश्वबहादुर शाह (संयोजक, नेपाल जनप्रगतिशील मोर्चा, अमेरिका) ले हस्ताक्षर गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘आपूmलाई एक जिम्मेवार पार्टीका रूपमा उभ्याउँदै कोरोना संक्रमणको सुरुवाती दिनबाट नै नेकपाले आफ्ना राजनीतिक आक्रामक गतिविधिहरूलाई स्थगन गरेको सर्वविदितै छ । उक्त पार्टीका नेता तथा कार्यकर्ताहरू देशभर शान्तिपूर्ण रूपले जनसेवामा जुटिरहेका छन् । नेपालको वर्तमान सामाजिक फासीवादी तथा दलाल सरकारले जनताको घरदैलोमा रहेका नेकपाका नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, यातना दिने र हत्यासमेत गर्ने गरेको छ । नेपाल सरकारको यो फासीवादी कदमको हामी घोर भत्र्सना गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ, ‘यसै क्रममा जनसेवामा रहेका उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहित विवेक कुमाल र विश्वासलाई मिति २०७७ पुस २९ गते गरेको गैरकानुनी गिरफ्तारीको हामी कडा शब्दमा विरोध गर्दछौँ । कञ्चन एक सच्चा वामपन्थी, बुद्धिजीवि, विश्लेषक तथा चिरपरिचित व्यक्तित्व हुनुहुन्छ । उहाँलगायत सम्पूर्ण राजनीतिक बन्दीहरूलाई यथाशीघ्र रिहा गर्न हामी जोडदार माग गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘नेपाली जनता अहिले यो असफल संसदीय व्यवस्थाको जाँतोमा पिसिएको अवस्था छ । यो जनघाती, राष्ट्रघाती, परजीवी व्यवस्थाको अन्त्य गरी सङ्घीय जनगणतान्त्रिक सरकार गठन गर्दै देशलाई वैज्ञानिक समाजवादी सत्तामा परिणत गर्ने महान् अभियानमा रहेका नेता तथा कार्यकर्ताहरूको रक्षा र रिहाइका लागि पहल गरिदिनुहुन राजनीतिक दल, मानवअधिकारकर्मी, बुद्धिजीवि, कानुन व्यवसायी, पत्रकार मित्रहरूलगायत सम्बन्धित सबैमा हामी हार्दिक अनुरोध गर्दछौँ ।

यसैगरी, नेपाली जनप्रगतिशील मोर्चाले नेकपा केन्द्रीय समितिका सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोलाको गिरफ्तारीको तीव्र निन्दा एवम् भत्र्सना गर्दै अविलम्ब बिनासर्त रिहाइको माग गरेका छन् । मोर्चाद्वारा जारी बेग्लाबेग्लै विज्ञप्तिमा नेकपा नेताहरूको रिहाइको माग गर्दै नेकपाद्वारा यही माघ १० गतेका लागि घोषित नेपाल बन्दलाई सहयोग गर्न सम्पूर्ण नेपाली जनसमुदायलाई हार्दिक अपिल गरिएको छ । नेपाली जनप्रगतिशील मोर्चा साउदीका अध्यक्ष कसम मगर र महासचिव टीकाराम ओली ‘सुरेश’ द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत ब्युरो सदस्य क. कुमाल, क. विशाललाई पार्टी कामको सिलसिलामा ललितपुरबाट सामाजिक फासिवादी सत्ताको गैरन्यायिक गिरफ्तारीको घोर भत्र्सना गर्दछौँ । दलाल फासीवादी सत्ताको दोधारे कार्यले केवल एकातिर वार्ताको हौवा देखाउनु, अर्काेतिर नेता र कार्यकर्ता गिरफ्तार गर्ने कार्यले हाम्रो गौरवशाली सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा साउदी अत्यन्तै आक्रोशित भएको छ । दलाल राज्यसत्ताको उक्त कार्यको भत्र्सना गर्दै सम्पूर्ण नेता–कार्यकर्ताको यथाशीघ्र रिहाइको जोरदार माग गर्दछौँ । भारतीय सम्राज्यवादको खुलेआम हस्तक्षेप दिनदाहाडै बढ्नु, हाम्रो सगरमाथासम्म दाबी गर्नु, एकातिर केपी–बादलको प्रत्यक्ष आदेशमा क्रान्तिकारीहरूलाई बिनाकारण गिरफ्तार गरेर झूट्टा मुद्दा लगाउने दुस्साहसले देशमा लेन्डुपको खतरा भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दलाल राज्यको उक्त कार्यको काउन्टर दिन अति आवश्यक भएको ठहर गर्दै हाम्रो माउ पार्टी नेपाल कम्युनिस्ट पार्टीले प्रभावशाली नेतासहितको गिरफ्तारीविरुद्ध चालेका सम्पूर्ण सङ्घर्ष कार्यक्रममा ऐक्यबद्धता जनाउँदै माघ १० गतेको नेपाल बन्दलाई सहयोग गर्न सम्पूर्ण नेपाली जनसमुदायलाई पनि हार्दिक अपिल गर्दछौँ ।’

यसैगरी, नेपाली जनप्रगतिशील मोर्चा कतारका अध्यक्ष साजन गुरुङ र महासचिव विवेक मल्लले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी यो असफल भैसकेको दलाल संसदीय व्यवस्थाको पूर्ण रूपमा अन्त्य गरी उत्पीडित र श्रमिक जनताको प्रत्यक्ष पहुँच भएको वैज्ञानिक समाजवाद स्थापना गर्न चाहन्छौँ । यो व्यवस्था प्राप्तिका लागि आमनेपाली जनताका पक्षमा जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार हुने कुरा स्पष्ट गर्न चाहन्छौँ । नेपाली जनतालाई यो असफल भइसकेको दलाल संसदीय व्यवस्थाको विभेदकारी नीतिबाट सदाका लागि मुक्त गर्ने र राज्यसत्ता जनताको हातमा पु¥याउने हाम्रो महान् तथा जनताको लोकप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय प्रवास ब्युरो सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा कतारले सबैमा स्पष्ट पार्दै आएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै क्रममा हाम्रो गौरवशाली पार्टी नेकपाका सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभाग प्रमुख कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत क. विवेक कुमाल, क. विश्वासलाई खड्ग वली–बादल समूहको ठाडो निर्देशनमा ललितपुर र मकवानपुर सीमा क्षेत्रबाट बिनाकारण नेता–कार्यकर्तालाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाउने प्रपञ्च रचिरहेकोप्रति हाम्रो प्रवास ब्युरो सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा कतारले लाचार, महादलाल सरकारको गृह प्रशासनको निन्दनीय कार्य भएको ठहर गर्दै घोर आपत्ति प्रकट गर्दछ । साथै क. धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत गैरन्यायिक गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्तालाई निःसर्त रिहा गर्न हाम्रो गौरवशाली सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा कतार जोडदार माग गर्दछ । हामीले बेलाबेलामा भन्दै आएका छौँ– कथित केपी सरकारले देशलाई जबर्जस्ती युद्धमा धकेल्ने र तानाशाही शासनलाई बचाइराख्ने कुचेष्टा गरिरहेको प्रति सम्पूर्ण आदरणीय बुद्धिजीवी, मानवअधिकारवादी, पत्रकार र आमनेपाली जनतालाई सचेत भई आवाज उठाउन अपिल गर्छाैं ।’

त्यसैगरी नेपाली प्रगतिशील मोर्चा यूएईका अध्यक्ष मनोज काउचा मगर र महासचिव अर्जुन खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देश अहिले नितान्तै गम्भीर मोडमा गुज्रिरहेको छ । क्रान्ति र प्रतिक्रान्तिका बीच, नेपाली जनता र दलाल, फासिवादी सरकारका बीचमा आमनेसामनेको सङ्घर्ष चलिरहेको छ । वली सरकारले एकातिर संसद् भङ्ग गरेर एकलौटी अधिनायकवादी चरित्र प्रदर्शन गरिरहेको छ भने अर्काेतिर विश्वसर्वहारा वर्गको अग्रदस्ता नेकपाका नेता–कार्यकर्तालाई धरपकडको सिलसिला सुरु गरिसकेको छ । वली सरकारले ललितपुरको बागमती गाउँपालिकाबाट नेकपाका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहित कमरेड विवेक कुमाल र कमरेड विश्वासलाई गिरफ्तार गरेको घटनाप्रति नेपाली जनप्रगतिशील मोर्चा यूूएईको गम्भीर ध्यानाकर्षण भएको छ । यस कायरतापूर्ण कदमको चौतर्फी विरोध सिर्जना गर्न आमपरिवर्तनशील नेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौँ । साथै गिरफ्तारीमा परेका आस्थाका मान्छेहरूलाई बिनासर्त रिहा गर्न वली सरकारसँग नेपाली जनप्रगतिशील मोर्चा यूएई जोडदार माग गर्दछ ।’

यसैगरी, मलेसिया मोर्चाका अध्यक्ष विजय लामा र महासचिव तुफान सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केपी वली नेतृत्वको दलाल संसदीय सरकार आफ्नै सत्ताको सङ्कट टार्न नसक्दा विदेशी शक्तिहरूको इसारामा दिनप्रतिदिन हिटलरी शैलीमा एकपछि अर्को असंवैधानिक र निरङ्कुश तथा तानाशाही कदमको भरमा दलाल सत्ता टिकाउन तल्लीन रहेको सन्दर्भ जगजाहेर नै छ । अर्कोतर्फ स्वदेश तथा विदेशमा रहेका नेपाली जनता भने विश्व–महामारीले दैनिक जनजीविका टार्नसम्म पनि कठिन अवस्थामा गुज्रिरहेका छन् त कतै रोजगार गुमाउनेदेखि अलपत्र पर्नेसम्मको अवस्थामा रहेको विद्यमान परिस्थितिलाई दृष्टिगत गरी हाम्रो महान् तथा गौरवशाली पार्टी नेकपा सङ्घर्षका कार्यक्रमहरू स्थगित गरी देश र जनताले भोगिरहेको असहज परिस्थितिमा सहयोग गर्न जनतासँग साथमा रही सहयोग गरिरहेको अवस्थामा नेपाल प्रहरीले २०७७ पुस २९ गते पार्टी केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज क. धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहित विवेक कुमाल र विश्वासलाई गिरफ्तार गरी कथित अपराधी करार गर्न कुप्रयास गरेको प्रति नेपाली जनप्रगतिशील मोर्चा मलेसिया घोर भत्र्सना गर्दछ । साथै कमरेड धर्मेन्द्रलगायत सम्पूर्ण कमरेडहरूलाई बिनासर्त ससम्मान रिहाइका लागि जोडदार माग गर्दछौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘संसारमा नै इतिहासले पुष्टि गरेको वैज्ञानिक तथ्य के हो भने देश र जनताका पक्षमा लड्ने शक्तिलाई तानशाह शक्तिले जितेको इतिहास छैन, बरु जनताको बलबाट ध्वस्त भएका तानाशाह मात्र छन् । जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि देश र जनताको मुक्तिका लागि योगदान दिन हामी प्रवासी युवाहरू तयार छौँ । त्यसकारण हामी यो अनुरोध गर्दछौँ– सम्पूर्ण राष्ट्रवादी क्रान्तिकारी शक्तिहरूका साथै सम्पूर्ण बौद्धिक जनशक्ति, नागरिक समाज, पत्रकार, न्यायालय सबै एकजुट भई दलाल केपी–बादल सरकारको जनघात र राष्ट्रघात अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि अगाडि बढौँ ।’

यसैगरी, नेपाली जनप्रगतिशिल मोर्चा बहराइनका अध्यक्ष भीम केरुङ र महासचिव मीनराज नाथले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०७७ पुस २९ गते नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य क. धर्मेन्द्र बास्तोला ‘कञ्चन’, ब्युरो सदस्य क. विवेक र क. विशाललाई पूर्ण रूपले असफल भैसकेको संसदीय व्यवस्थाका केपी–बादल समूहको कामचलाउ सरकारले ललितपुर र मकवानपुर जिल्लाको सीमा क्षेत्रबाट बिनाकारण गिरफ्तार गरी नेपाली जनताले स्वतन्त्र रूपले गर्न पाउने राजनीतिक अधिकारको समेत हनन गरेकोमा नेपाली जनप्रगतिशील मोर्चा बहराइनको गम्भीर ध्यानाकर्षण भएको छ । विदेशीहरूको इशारामा चल्ने, देशको स्वाधीनतासमेत बेच्न प्रयत्न गर्ने, देशको प्रधानमन्त्रीजस्तो संवेदनशील पदको मर्यादाको खिल्ली उडाउने गरी विदेशी एजेन्टहरूलाई बालुवाटारभित्र सहजै प्रवेश गराउनेजस्ता कार्यहरूका विरुद्ध आवाज उठाउने पार्टीका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाई जेल चलान गर्ने, चरम यातना दिने, मोटो रकमको धरौटीका नाममा लूट मच्चाउने कार्यहरूले केपी–बादल समूहको कथित सरकारले देशलाई गृहयुद्धतिर धकेल्न निर्मम प्रयास गरिरहेको बहराइन मोर्चाको ठहर छ ।’

यसैगरी, नेपाली जनप्रगतिशील मोर्चा जापानका अध्यक्ष निरन्जन गैरे र महासचिव दिनेशकुमार शाही (प्रयास) ले बास्तोलालगायत नेता कार्यकर्ताको गिरफ्तारी भत्र्सनायोग्य भएको भन्दै घटनाले संगठनलाई आक्रोशित बनाएको बताएको छ । उनीहरुले नेता बास्तोला र नेता कार्यकर्ताहरुको तत्काल रिहाइका लागी पहल गर्न सम्पूर्ण जनसमुदायमा अपिल समेत गरेका छन् ।

यसैगरी, युरोपका देशहरु बेल्जियम, पोल्याण्ड, जर्मनी, पोर्चुगल, स्पेन, अमेरिकालगायतका देशहरुमा रहेका नेपालीहरुले समेत नेता बास्तोलालगायत नेता कार्यकर्ताहरुको तत्काल रिहाइका लागी अपिल गरेका छन् ।

प्रतिक्रियाहरु